शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘आशा र निराशासँगै मैदान उत्रिदै’

बुधबार, २९ पौष २०७७सागर अधिकारी
‘आशा र निराशासँगै मैदान उत्रिदै’
Loading ad...
mustang rice ad

पोखरा । कोरोना भाईरसको महामारीका कारण गत चैतको दोस्रो हप्तादेखि ठप्प रहेको खेलकूद गतिविधि मंसिर १ गतेबाट सुरु भईसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएसँगै खेलाडीहरु प्रशिक्षण र खेलकूद मैदान फर्किएका छन् । करिब आठ महिनापछि मैदान फर्कन पाउँदा खेलाडीहरु हर्षित छन् ।

राखेपको अनुमतिसँगै पोखरा रंगशालामा पनि विभिन्न खेलको प्रशिक्षण भइरहेको छ । जसमा गण्डकी प्रदेशको पुरुष नेत्रहीन क्रिकेट टिम समेत एक हो ।

नेपाल नेत्रहीन क्रिकेट संघले माघ ५ देखि ८ गतेसम्म भैरहवामा ‘रोनाल्ड म्याकुली कप नेत्रहीन क्रिकेट प्रतियोगिता’ आयोजना गर्दैछ । त्यहिँ प्रतियोगिताका लागि गण्डकी प्रदेशका १२ खेलाडी प्रशिक्षणरत छन् ।

नेत्रहिन क्रिकेट संघ कास्की र क्रिकेट संघ कास्कीको समन्वयमा १० खेलाडीले मात्र प्रशिक्षण लिइरहेका छन् । हाल म्याग्दी, लमजुङ, स्याङ्जा र कास्कीबाट खेलाडी तयारी अवस्थामा छन् । जसमध्ये ४ जना कास्कीबाट छन् ।

No description available.

प्रतियोगिता खेल्ने लक्ष्यसहित ‘बि वान’ क्याटगोरीका खेलाडी अन्जन बस्ताकोटी मैदानमा निकै मेहेनत गरिरहेका छन् । जन्मिएको १० महिनामै आँखामा क्यान्सर संक्रमणका कारण ज्योति गुमाएका उनले क्रिकेट खेल्न सुरु गरेको ६ वर्ष हुँदैछ ।

१९ वर्षीय उनले प्रदेशस्तरीय र मैत्रीपूर्ण खेल खेलिसकेका छन् । तर, प्रशिक्षणकै क्रममा रंगशालामा भेटिएका अन्जन क्रिकेटमा भविष्य नरहेको गुनासो पोख्छन् ।

‘लामो अन्तरालमा प्रतियोगिता हुँदा चाहेर पनि क्रिकेटमा भविष्य खोज्न गाह्रो भएको छ,’ अन्जन भन्छन् ।

बजेटको अभाव र लकडाउनले लामो समयपछि मैदानमा ओर्लिएका उनले केही असहज महशुस गरेका छन् । उनको बुझाइमा खेलमै भविष्य खोज्नु गाह्रो छ ।

क्रिकेटलाई निरन्तर दिने उनी अन्य आयमूलक कामको खोजीमा समेत छन् ।

कास्कीको रुपा गाउँपालिका १ का २२ वर्षीय सुनिल रानामगर पनि बस्ताकोटीसँगै अभ्यासरत छन् ।

२०६५ सालदेखि क्रिकेट खेल्न सुरु गरेका उनले भारत र पाकिस्तामा मैत्रीपूर्ण अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनले पाकिस्तान भएको म्याचमा ‘म्यान अफ दी म्याच’को अवार्ड पाएका थिए । उनी गण्डकीको टिम क्याप्टेनको भूमिकामा रहेका छन् ।

अनुभवी खेलाडी सुनिल दृष्टिविहीन क्रिकेटलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्छन् । सरकारकै दृष्टिकोणका कारण उनी क्रिकेटमा भविष्य खोज्न चाहेपनि निराश भएको सुनाउँछन् ।

‘नेपालमा दृष्टिविहीन क्रिकेट आशातितरुपमा अघि बढ्न नसक्दा यसैमा करिअर खोज्न गाह्रो छ,’ सुनिलले भने ।

No description available.

पृथ्वीनारायण क्याम्पसमा स्नातकतह अध्ययनरत उनको शौख संगीतमा पनि छ । उनले किबोर्ड, अक्टोप्याड बजाउँछन् । संगीतलाई दोस्रो रोजाइमा राखेर उनी क्रिकेटमै बढी व्यस्त छन् ।

‘यो म्याच खासमा फागुनमा हुनुपर्ने थियो कोरोनाले गर्दा पछाडि धकेलियो’ उनले भने, ‘त्यसैपनि हाम्रो प्रतियोगिता लामो अन्तरालमा हुन्छ ।’

रंगशालामा बिहान ११ बजेदेखि ४ बजेसम्म उनीसहित टिमले प्रशिक्षण लिन्छन् । प्रशिक्षणका दौरान खेलाडीहरु संघले दिने खाजामा सिमित भएका छन् ।

सुनिल भन्छन् ‘हामीलाई उपचारको व्यवस्था र मेडिकल किटको आवश्यकता छ ।’

तालिमका दौरान साथीहरुलाई चोट लागे प्राथमिक उपचारमै समस्या हुने उनले सुनाए ।

‘प्रतियोगिता पनि खासै हुँदैन, १ वा २ वर्षको अन्तरमा हुन्छ,’ उनी भन्छन्, ‘बेलाबेला हामी नै मैत्रीपूर्ण खेल खेल्छौं, त्यसमै सिमित छौं ।’

नेपालमा दृष्टिविहीन क्रिकेटको इतिहास खोतल्दा ९० को दशकतिर सुरु भएको अनुमान गर्न सकिन्छ । शिक्षक आदान प्रदान कार्यक्रम अन्तरगत भारत गएका दृष्टिविहीन विद्यालयका शिक्षकहरूले त्यहाँबाट नेपालमा क्रिकेट भित्र्याएको बुझिन्छ ।

सुरुवाती दिनमा बज्ने बल र ब्याटको प्रयोग गरिएको खेल सन् २००६ मा पाकिस्तान दृष्टिविहीन क्रिकेट परिषद्को प्राविधिक सहयोगपछि नेपालमा विधिवत प्रवेश भएको हो ।

बज्ने बल र नदेख्नेहरूलाई तीन समूहमा बिभाजन गरी खेल खेलिन्छ । यसमा ‘बी वान’ अर्थात् पूर्णरुपमा देख्न नसक्ने, ‘बी टु’ थोरै देख्न सक्ने र ‘बी थ्री’ अर्थात् धमिलो दृष्टि भएका खेलाडी भनेर चिनिन्छ ।

२०३२ सालदेखि आधिकारिकरूपमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूले आफुलाई खेलकुदमा समावेश गर्न थालेका हुन् । यसबीच खेल र खेलाडीलाई यथेष्ठ सहयोग उपलब्ध गराउन नसक्दा रानामगरजस्ता खेलाडीहरुले सफलता पाउन सकेका छैनन् ।

सरकारले खेलकुदलाई प्राथमिकता नदिएको प्रमाण यस आर्थिक वर्षमा खेलकुदका लागि छुटइएको बजेटबाटै प्रष्टिन्छ । यसपटक कुल बजेटको ०.१६ प्रतिशत रकम खेलकुदलाई छुट्याइएको छ ।

नेत्रहीन क्रिकेट संघ कास्कीका उपाध्यक्ष अक्षय खड्गीले खेलाडी र संस्थालाई सबैभन्दा बढी बजेटकै समस्या रहेको बताए ।

उनी भन्छन्, ‘आर्थिक समस्या नै प्रमुख हो, खेल सामग्री जुटाउनै समस्या छ ।’ सरकारले दृष्टिविहीन क्रिकेटरलाई तलब भत्ताको व्यवस्था गरे सहज हुने उनको धारणा छ ।

‘सरकारले सबैलाई हेर्न नसक्ला तर उत्कृष्ट खेलाडीलाई भएपनि पारिश्रमिकको व्यवस्था गर्नु पर्छ’ खड्गी भन्छन्, ‘खेलाडी छनोट गरेर उनीहरुलाई सकेको पारिश्रामिक छुट्याउँदा राम्रो हुन्थ्यो, यसले प्रोत्साहन मिल्थ्यो ।’

No description available.

टिमले गत २० गतेबाट प्रतियोगिताको तयारी सुरु गरेको हो । यस्तै, अभाव र असहज परिस्थितिमा पनि रंगशालामा दृष्टिविहीन क्रिकेटरहरु अभ्यासरत छन् ।

नजिकिँदै गरेको प्रतियोगितामा सहभाग हुन पाउँदा उनीहरुमा खुशी फर्किएको छ । लामो समयपछि प्रतिभा देखाउने मौका मिलेको छ । उनीहरुले अभ्यासबीच समूल स्वरमा भने, ‘सरकारले खेल्ने र बाँच्ने वातावरण मिलाइदिनु पर्यो।’

खेलकुद परिषदमा अपाङ्गता भएकाहरूको खेलकुदसम्बन्धी कुनै नीति नहुनु तथा अवैज्ञानिक खेलकुद नीतिहुनु दुर्भाग्यपूर्ण हो । यद्यपी नेत्रहीन क्रिकेट सङ्घको नेतृत्वमा नेपाली नेत्रहीन क्रिकेट टोली र खेलाडीले भने आफनो प्रतिभा देखाउने मौका भने पाएका छन् ।

तर, एउटा संघको भरमामात्र अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमा उकास्न भने सकिदैन । तर्सथ सरकार र सम्बिन्धित निकायले खेलकुद हरेक नागरिकको अधिकार हो भन्ने स्मरण गरेर सबै खेलाडीलाई प्राथमिकतामा राख्न जरुरी छ ।

राज्यले अपाङ्गता भएका व्यक्तिहरूले खेल्न सक्छन् र उनीहरूले समेत अन्य खेलाडीहरूसरह राष्ट्रका लागि खेल्न सक्छन् भन्ने कुरामा विश्वास गर्नुपर्दछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई