लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने
सोमबार, २२ मंसिर २०८२खेलपाटी संवाददाता

पोखरा। पोखराको लेखनाथमा प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
रिठेपानी तेक्वान्दो डोजाङ्ग र लेखनाथ क्लबको संयुक्त आयोजनामा आगामि मंसिर २६ र २७ गते प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक अस्मित लामाले जानकारी दिए।
लेखनाथको अघौंचोकमा रहेको घरौलि चौर खेल मैदामा पहिलो प्रतियोगिता गर्न लागको र सोको लागि तयारीमा तिब्रता दिइएको संयोजक लामाले उल्लेख गरे।
प्रतियोगितामा भाग लिनको लागि हालसम्म पुरुष र महिला गरेर १८० जनाले नाम दर्ता गरेको लामाले जनाए। प्रतियोगितामा विभिन्न तौलअनुसार खेल खेलाइने र विजेताले मेडल र ट्रफी प्राप्त गर्नेछन्।
'शक्ति,अनुशासन र आत्मरक्षाको प्रतीक तेक्वान्दो' भएको बताउँदै संयोजक लामाले प्रतियोगिताले नेपालको खेल पर्यटनमा थप टेवा पुग्ने विश्वास व्यस्त गरे।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)