सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए
आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम रोयल्सका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)मा टप अर्डरमा ब्याटिङ गरिरहेका क्रिस लिन र जोश ब्राउन अस्ट्रेलिया फर्किएका हुन्।
लिनले ६ इनिङ्समा एक अर्धशतकसहित १४३ रन बनाएका थिए। ब्राउनले पनि एक अर्धशतकसहित १०१ रनको योगदान दिएका थिए।
साबिक उपविजेता सुदूरपश्चिमले क्वालिफायर १ मा विराटनगर किङ्ससँग खेल्नेछ। लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जितसहित १२ अंक जोडेको थियो।












-1765118145135.jpg&w=3840&q=75)
