खराब लयमा रियल
-1765159359412.webp&w=3840&q=75)
काठमाडौं। रियल मड्रिडले आइतबार आफ्नै मैदान सान्टियागो बेर्नाबेउमा सेल्टा भिगोसँग २–० ले हार बेहोर्दै लिग अग्रता बनाउने अवसर गुमाउको छ।
खेलमा मड्रिडका दुई खेलाडी रातो कार्ड पाए। योसँगै १६ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी झनै बढ्यो।
समान खेल खेलेको रियलको ३६ अंक छ। दोस्रो हाफ सुरु भएको केही बेरमै मड्रिडले गोल खायो। त्यसपछि ६४औं मिनेटमा फ्रान गार्सिया दोस्रो पहेंलो कार्ड पाएर बाहिरिनुपर्यो। इन्जुरी समयमा आल्भारो करेरास पनि रातो कार्ड खाँदै मैदान छोड्नुपर्यो।
प्रयोगमा नआएका वैकल्पिक खेलाडी एन्ड्रिकलाई समेत आपत्तिजनक टिप्पणीका कारण रातो कार्ड देखाइएको थियो। 'हामी सबै निराश छौं। खेल र नतिजा हाम्रो चाहना अनुसार भएन,'मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले भने,'रेफ्रीका निर्णयले खेलको लय बिग्रियो। मलाई रेफ्रिरिङ मन परेन।'
५४औं मिनेटमा विलट स्वेडबर्गले पेनाल्टी स्पट नजिकैबाट गरेको उत्कृष्ट फ्लिकप्रहारले पाहुना टोलीलाई अग्रता दिलायो। अन्त्यतिर ९ खेलाडीमा सीमित मड्रिडविरुद्ध स्वेडबर्गले नै काउन्टर एट्याकबाट दोस्रो गोल गर्दै सेल्टाको जित पक्का गरे।
मड्रिडले पछिल्ला ७ मध्ये २ खेलमा मात्रै जित निकाल्न सकेको छ। अब उसले बुधबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई आतिथ्य गर्नेछ।
यसअघि मड्रिडले लिगमा खेप्नु परेको अर्को हार सेप्टेम्बरमा एट्लेटिको मड्रिडविरुद्ध थियो। नोभेम्बरमा लिभरपुलसँग च्याम्पियन्स लिगको लिग चरणमा पनि मड्रिड पराजित भएको थियो।






-1765160769087.webp&w=3840&q=75)







-1765118145135.jpg&w=3840&q=75)