इस्ट बंगालको सानदार जित
सोमबार, २२ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतको इस्ट बंगाल फुटबल क्लबले साफ क्लब महिला च्याम्पियनसिपमा सानदार जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई ४–० ले पराजित गरेको हो।
यस जितसँगै इस्ट बंगालले अंकतालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ। ट्रान्सपोर्ट युनाइटेडले भने पहिलो हार बेहोरेको छ। टोलीको २ खेलबाट १ अंक छ। खेलमा इस्ट बंगाल हावी रहेर सहज जित दर्ता गर्न सफल भयो।
खेलको ३५औं मिनेटमा फाजिला इकवापुटले पहिलो गोल गर्दै इस्ट बंगाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा पनि आक्रमक बनेको टोलीले ५८औं मिनेटमा सुलञ्जना राउलमार्फत अग्रता दोब्बर बनायो।
त्यसपछि ६२औं मिनेटमा रेस्ती नान्जिरीले गोल गर्दै खेललाई एकतर्फी बनाइन्। ७१औं मिनेटमा फाजिलाले व्यक्तिगत दोस्रो गोल गरेसँगै इस्ट बंगालले ४–० को प्रभावशाली जित सुनिश्चित गर्यो।







-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)



-1765159359412.webp&w=3840&q=75)