ब्याडमिन्टन खेलाडीलाई सहयोग
सोमबार, पुष २७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराईएको हो ।
ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । उनले समाज सेवका साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आईरहेको ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी गराए ।
यस अघि आईतबार मात्रै उपाध्यक्ष सुभाषको पहलमा सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुका लागि २५ थान केल्मे ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


