देवराज र चन्द्रिकाको जोडीलाई उपाधि
शनिबार, पुष १८, २०७७खेलपाटी संवाददाता

काठमाडौं । देवराज राना र चन्द्रिका कठरियाको जोडीले खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
कैलालीको गौरिगंगामा शनिबार भएको फाइनलमा विमल चौधरी र उदिप चौधरीको जोडीलाई पराजित गर्दै देवराज र चन्द्रिकाको जोडीले उपाधि जितेको हो ।
उपाधिसँगै देवराज र चन्द्रिकाको जोडीले २० हजार नगद प्राप्त गरेका छन् । उपविजेता बनेका चौधरी जोडीले १० हजारमा चित्त बुझाउदा सेमिफाइनल खेलेका टोलीले ५/५ हजार प्राप्त गरे ।
गौरिगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ को ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा जित बहादुर देउवा र करण साउदको जोडी तेस्रो भए ।
मसुरिया ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिता स्वर्गीय श्री गगन सिंह कलेलको चौथो वार्षिक स्मृतिमा सञ्चालन गरिएको हो ।
प्रतियोगितामा २२ टिमले सहभागीता जनाएका थिए ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


