बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फाको प्रदेश कमिटि गठनको मिति तय

आइतबार, पुष १२, २०७७खेलपाटी संवाददाता
एन्फाको प्रदेश कमिटि गठनको मिति तय
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बाँकी रहेका प्रदेश कमिटि गठनको मिति टुङ्गो लगाएको छ ।

प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटि बनाउने प्रक्रिया अघि बढाएको छ ।

तीन प्रदेशमा सर्वसम्मत प्रदेश कमिटि गठन गरेको एन्फाले बाँकी चार प्रदेशका लागि मिति तोकेको छ ।

एन्फाको पछिल्लो कार्यसमिति बैठकले लुम्बिनी, बागमती, कर्णाली र गण्डकी प्रदेशको कमिटि गठनका लागि केन्द्रिय प्रतिनिधि तय गरेको थियो ।

एन्फाले कर्णाली प्रदेशका लागि कुमार केसी, बागमतीका लागि पूर्णमान चित्रकार, लुम्बिनीका लागि कृण्ण थापा र गण्डकी प्रदेशका लागि प्रकाश पंगेनीलाई जिम्मेवारी दिएको थियो ।

एन्फाका जिल्ला समन्वय समितिका संयोजक विरबहादुर खड्काका अनुसार तदर्थ कमिटि गठनका लागि गण्डकी प्रदेशमा १७ गते, बागमती प्रदेशमा २० गते, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा १३ गतेको मिति तय गरिएको छ ।

लुम्बिनीका केन्द्रिय परिवेक्षक कृण्ण थापाले कार्यब्यस्तताको कारण देखाउँदै समय केही दिन पर सार्न अनुरोध गरेका छन् । सोही अनुसार १५ गते लुम्बिनी प्रदेशमा तदर्थ कमिति गठनको मिति तय हुने सम्भावना रहेको छ ।

एन्फाले प्रदेशको तदर्थ कमिटि गठनमा सहमती जुटाउन यसअघि अनौपचारिक छलफल अघि बढाएको थियो । एन्फाले सहमतीकै आधारमा यसअघि प्रदेश एक, दुई, सुदुरपश्चिम प्रदेशमा तदर्थ कमिटि गठन गरेको छ ।

एन्फा स्रोतका अनुसार बाँकी रहेको प्रदेश मध्य कर्णालीको तदर्थ कमिटिको संयोजकमा सहमती जुटिसकेको छ । कर्णालीको प्रदेश कमिटिको नेतृत्वमा प्रमोद हमालको नाममा सर्वसम्मती छ । उनी भर्खरै कर्णाली प्रदेश खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित समेत भएका थिए ।

अन्य प्रदेशमा भने सहमती जुट्न बाँकी छ ।

मुख्य रुपमा लुम्बिनी र बागमतीको नेतृत्वमा सहमती जुटाउन कठिन देखिएको छ । लुम्बिनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र दाङ्ग जिल्ला फुटबल संघका पूर्व अध्यक्ष पुकार थापाबीच मुख्य प्रतिस्पर्धा छ ।

यता, बागमतीमा वर्तमान एन्फा नेतृत्वविरुद्ध विरोधमा उत्रदै आएका विराटजंग शाहीको दाबी एन्फाको संस्थापन पक्षलाई टाउको दुखाईको विषय बनेको छ ।

एन्फाले सहमतीनै प्रदेशको तदर्थ कमिटि गठन गर्न खोजेको छ । तर केन्द्रिय निर्वाचनलाई प्रभावित पार्ने हुनाले प्रदेशको कमिटि गठनलाई महत्वका साथ हेरिएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए