आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुष्पलाल स्मृती ब्याडमिन्टन पुसकाे अन्तिम साता

शनिबार, ११ पौष २०७७खेलपाटी संवाददाता
पुष्पलाल स्मृती ब्याडमिन्टन पुसकाे अन्तिम साता
Loading ad...
mustang rice ad

काठमाडौं । १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता पुसकाे अन्तिम साता सिराहामा हुने भएको छ ।

नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २९ गतेदेखि माघ ३ गतेसम्म लाहानको गोलबजारमा हुने भएको छ ।

प्रतियोगितामा पुरुष एकल (शिर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल (शिर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शिर्ष १६ देखि बाहेक) र महिला एकल (शिर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव २०० खेलाडीहरुले सहभागिता जनाउने आयोजक संघले प्रेश बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

प्रतियोगिताको र्याङ्किङ्ग प्रतिस्पर्धामा सहभागी खेलाडीहरुले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरुले प्रत्येक खेल बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् ।

यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा विजयी खेलाडीहरुले १६ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विजयी खेलाडीहरुले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरुले थप ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै अन्य विधामा र्याङ्किङ्ग बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५-५ हजार प्राप्त गर्नेछन् ।

यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४-४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कुल १९ लाख ८४ हजार लागत रहेको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ५८ हजार तथा अन्य संचालन खर्च रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ ।

योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पुर्याउने उद्धेश्यले लामो समय देखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आईरहेको छ । यस्तै सह प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।

नाेट : आयोजककाे जानकारी अनुसार यसअघि प्रकाशित प्रतियाेगिताकाे मिति र स्थान परिवर्तन गरिएकाे छ। - सम्पादक 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित