एजेन्सी । रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बायर्न म्युनिख बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । ४३ औं मिनेटमा बराबरी गोल फर्काएका उनले दोस्रो हाफको ईन्जुरी समयमा विजयी गोल गरेका थिए ।

खेलमा अग्रता प्याट्रिक स्किकको गोलमा घरेलु टोली लिभरकुसनले लिएको थियो ।
जितसंगै बायर्न म्युनिखले शीर्ष क्लब बायर लिभरकुसनलाई शीर्ष स्थानमा उछिनेको छ ।
उनले यस वर्ष ४४ खेलमा ४७ गोल गरेका छन् ।
शीर्ष स्थान कब्जा गरेको बायर्नको ३० अंक छ । पराजित लिभरकुसनको २८ अंक छ ।