• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
‘अर्काे वर्ष महिलालाई पनि समावेश गर्छाै’
नमीन ढकाल
शुक्रबार, मंसिर २६, २०७७ नमीन ढकाल
‘अर्काे वर्ष महिलालाई पनि समावेश गर्छाै’
तोप–२१ क्लबका अध्यक्ष अशोक कार्की । फाेटाे : खेलपाटी

सिन्धुपाल्चोक । सरकारले गत चैत ११ गते देशमा लकडाउन घोषणा गरेसँगै खेलकुद क्षेत्र समेत ठप्प रह्यो ।

कोरोना महामारीकै कारण खेलाडी करिब ९ महिना घरमै थन्किए । मैदानसम्म आउने वातावरण बनेन । खेलाडीको फिटनेस शुन्यमा पुग्न लागेको अवस्था थियो । फिटनेशमा आफु कमजोर भैसकेको प्रतिक्रिया खेलाडीले दिन थालिसकेका थिए ।

लकडाउनको ५–६ महिनापछि सरकारले लकडाउन र निषेधाज्ञालाई खुकुलो बनाउँदा जनजिवन पनि समान्य बन्दै थियो । तर खेलकुद क्षेत्र फर्कने कुनै आधार बनेको थिएन । खेलाडी घरमै दिन बिताउन बाध्य थिए ।

सरकारले गत महिना मात्रै खेलकुद क्षेत्रलाई समेत प्रशिक्षणका लागि स्विकृती प्रदान गर्याे । तर अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) बाहेक अन्य संघले त्यसलाई ध्यानमा राखेनन् ।

यस्तो अवस्थामा नेपाल ब्याडमिडन्टन संघले भने आफ्ना खेलाडीलाई त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रशिक्षणमा राख्यो ।

विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेलाडीले अभ्यास त गरे, तर प्रतिस्पर्धा गर्ने कुनै प्रतियोगिता हुने छाटकाट रहेन । तर पनि खेलाडीले प्रशिक्षण रोकनन् ।

संघले प्रशिक्षणको अनुमति दिएपनि खेलाडीले आफ्नो कौशलता प्रस्तुत गर्ने स्थान पाएका थिएनन् ।

यस्तो अवस्थामा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको ‘तोप–२१’ क्लब खेलाडीको लागि मौका बनेर आयो ।

जिल्लामा खेलकुद क्षेत्रको लागि अग्रणी काम गरिरहेको ‘तोप–२१’ र चौतारा नगरपालिकाले यस बर्ष ब्याडमिन्डन आयोजना गर्ने निर्णय गरे । जसको प्रत्यक्ष फाइदा खेलाडीलाई भएको छ ।

आर्थिक पाटोसँगै खेलाडीलाई आफ्नो फिटनेश मापन गर्ने माध्यम बनेको छ, ’तेस्रो चौतारा साँगागढीचोक मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ ।

जिल्लासँगै यस प्रतियोगितामा राष्ट्रिय खेलाडीले सहभागीता जनाएका छन् । तोप २१ ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा जिल्लातर्फ पुरुष एकल र युगल जोडी साथै राष्ट्रिय पुरुष एकल बिधा रहेका छन् । यस प्रतियोगितालाई नेपालकै ठुलो धनराशीको प्रतियोगिताको रुपमा लिईएको छ ।

यसअघि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको तोप–२१ ले पहिलो पटक ब्याडमिन्टन आयोजना गरेको हो । जिल्लासँगै देशभर खेलकुद नहुँदा तोप–२१ ब्याडमिन्टन फर्काउने पहिलो आयोजक समेत बन्यो ।

‘प्रतियोगिता उल्लासमय छ । विशेष गरि कोरोना महामारीका कारण रोकिएको खेलकुदलाई उद्गम बिन्दु चौतारलाई बनाएर गर्न सकिन्छ । कसरी गर्न सकिन्छ त भनेर उदारण प्रस्तुत गर्न प्रतियोगिता आयोजना गरेका हौं । जहाँसम्म लाग्छ हामी सफल भएको छौं ।’ तोप–२१ क्लबका अध्यक्ष अशोक कार्कीले खेलपाटीसंग भने ।

युवा विश्व चर्चित खेलाडी प्रिन्स दाहाल र नेपाल नम्बर वान खेलाडी रत्नजित तामाङ प्रतियोगितामा सहभागी हुँदा आयोजक ‘तोप–२१’ र सँगै प्रतियोगिताको सोभा समेत बढेको छ ।

‘तोप–२१’ ले यसअघिनै दुई सिजन राष्ट्रब्यापी फुटबल आयोजना समेत गर्याे । काठमाडौंबाट ए र बी डिभिजनका टोली चौतारामा झिकाएर प्रतियोगिताको सफल आयोजना गरेको उसले यस पटक कोरोना महामारीकै कारण ब्याडमिन्टन आयोजना गर्ने निर्णय गर्याे ।

’यसअघि दुई पटक फुटबल आयोजना गर्याै । फुटबलमा धेरै दर्शक हुने । दर्शक बिना फुटबल गर्न सकिदैन । दर्शक धेरै झिकाउन पनि हुन्न । यस्तो बेला (कोरोना) गर्न सक्ने भनैकै ब्याडमिन्टन हो । हाम्रो जिल्लामा फुटबलपछि उपयुक्त खेल हुने भनेकै ब्याडमिन्टन हो । त्यसैले आयोजना गर्याै ।‘ कार्की भन्छन् ।

पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको ‘तोप–२१’ का अध्यक्ष अशोक कार्की सोही स्तरको प्रतियोगितालाई कसरी निरन्तरता दिने भन्ने बिषयमा चिन्तित छन् ।

’यो स्तरको प्रतियोगिता आयोजना गरेपनि यसलाई कसरी निरन्तरता दिने बन्ने दबाब छ ।’ उनी भन्छन् ।

जिल्लासँगै राष्ट्रिय पुरुष खेलाडीले खेल्दा महिला खेलाडीलाई समावेश गरिएन । खेलमा फर्कन नपाउँदा महिला खेलाडी चिन्तित नहुने कुरै भएन । तर आयोजकले महिलाको बिषयमा यस पटक नसकेपनि अर्काै बर्ष निरन्तरता दिने बताएको छ ।

‘महिलालाई प्राथमिकतामा नराखेको भन्न मिल्दैन । योजना बनाउने क्रममा हाम्रो विवशता, बाध्यता पनि भन्नुपर्छ । आगामी बर्ष छुटेको वुमेन्स च्याम्पियनसिप आयोजना गर्नेछौं । यो हाम्रो प्रतिबद्धता हो ।’ कार्की भन्छन् ।

यता, क्लबका सविच दिपक राई ब्याडमिन्टनसँगै भलिबल आयोजना गर्ने योजना आफ्नो क्लबको रहेको र कभर्डहल अभावका कारण भलिबल खेलाउन नपाएको बताउँछन् ।

’हाम्रो योजना ब्याडमिन्टनसँगै भलिबल पनि थियो । कभर्डहल अभावका कारण ब्याडमिन्टन मात्रै आयोजना गर्याै । आगामी दिनमा दुबै गर्ने गरि तयारी गछौं ।’ सविच राईले भने ।

अध्यक्ष कार्की प्रतियोगितालाई लिएर खेलाडी सहित स्थानिय निकै खुसी रहेको र आगामी दिनमा खेलसँगै आफ्नो क्लब शिक्षा, स्वास्थ्यमा पनि अग्रसर रहने बताउँछन् ।

‘खेलाडीको उत्साहजनक सहभागी रहेको छ । धन्यबाद पाएका छौं । धेरै पछि खेलाडीलाई पनि फर्कने मौका रह्यो । सबै खुसी हुनुहुन्छ ।’ उनले भने ।

‘तोप २१ ले खेलकुदसँगै शिक्षा क्षेत्रमा पनि केहि गर्छ । हामीले अब लगत्तै नेपालमै नौलो कार्यक्रम ल्याउने योजना बनाएका छौं । हामीसँग स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम पनि छ ।’ कार्की थप्छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP