मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

फाइनल प्रवेशका लागि प्रिन्स र रत्नजित भिड्ने

बिहिबार, मंसिर २५, २०७७नमीन ढकाल
फाइनल प्रवेशका लागि प्रिन्स र रत्नजित भिड्ने
Classic Tech Internet Ad

सिन्धुपाल्चोक । युवा खेलाडी प्रिन्स दाहाल र नेपाल नम्बर एक रत्नजित तामाङ तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को राष्ट्रिय पुरुष एकलतर्फको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

बिहीबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुरुष एकलतर्फकाे सेमिफाइलनमा प्रिन्स र रत्नजितले जित निकाले । 

चौतारा कभर्डहलमा भएको पहिलो क्वाटरफाइनलमा आर्मी क्लबका रत्नजितले पुलिस क्लबका जिवन आचार्यलाई २१–१०, २१–१३ को सोझो सेटमा पराजित गरे ।

यस्तै, बिहानै भएको दोस्रो क्वाटरफाइनलमा सिल्क ग्रुपका प्रिन्स दाहालले आर्मी क्लबका प्रविन लिंग्थेपलाई सामान २१–१७ को सोझो सेटमा पराजित गर्दै रत्नजितसँग भेट पक्का गरेका हुन् ।

यस्तै, दोस्रो सेमिफाइनलमा आर्मीकै नविन श्रेष्ठ र रुकेश महर्जनबिच प्रतिस्पर्धा हुनेछ ।

नविनले आर्मी क्लबकै प्रफल्ल महर्जनलाई २१–१२, १६–२१ र २१–१८ ले पराजित गरे । यस्तै रुकेशले एपीएफ क्लबका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गरे ।

सेमिफाइनल खेल आज अपराह्न ४ बजे हुनेछ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिस्पर्धा गराईएको छ ।

पहिलो चरणमाको जिल्ला पुरुष एकलको उपाधि त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक गुरुङले पोल्टामा पारेका छन् । यस्तै युगल जोडी तर्फ प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा अभिषेक गुरुङ र युवराज अधिकारीको जोडी २६ गते उपाधिका लागि भिड्नेछन् ।

राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनल खेल्ने दुई जोडीले ५–५ हजार प्राप्त गर्नेछन् ।

यस्तै, सिंगल जिल्ला विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

यस्तै, सेमिफाइनल पुग्न सफल दुई खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

Bajaj Pulsar Motorcycle Ad
पथरीशनिश्चरे गोल्डकपमा  ए डिभिजनका दुईसहित ८ टिम 

पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम 

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित