• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नवौं राष्ट्रिय खेलकुद – कति सम्भव, कति असम्भव !
खेलपाटी संवाददाता
बुधबार, मंसिर २४, २०७७ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद – कति सम्भव, कति असम्भव !

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण घरेलु खेलकुदको महाकुम्भ मेला नवौं वृहत राष्ट्रिय खेलकुद अन्यौलमा परेको छ ।

राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अन्तरसंघर्षका कारण प्रभावित बन्दै आएको राष्ट्रिय खेलकुदलाई यसपटक कोरोनाले अनिश्चित बनाएकाे हाे । 

संक्रमण बढ्ने डरले सरकारले भेला, जमघट तथा सार्वजनीक कार्यक्रम गर्न रोक लगाएको छ । सोही कारण फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको प्रतियोगिता प्रभावित हुने देखिएको छ ।

नवौंको विषयमा निर्णय गर्न युवा तथा खेलकुद मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेका छन् । राष्ट्रिय खेल संघसंग छलफल गरेर नवौंको बिषयमा निष्कर्शमा पुग्ने सरकारको योजना छ ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ निर्धारित समयमा नवौं राष्ट्रिय खेलकुद सञ्चालन गर्न सम्भव हुने बताउँछन् ।

प्रतियोगिता सञ्चालन गर्न व्यवस्थापन मुख्य कुरा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुदका लागि खेलाडी तयारी अवस्थामा रहेको बताए ।

‘व्यवस्थापन गर्ने कुरा हो । ब्याडमिन्टनको कुरा गर्दा सम्भव छ । संघको काम खेलाडी तयार गर्ने हो । राष्ट्रिय टिमको प्रशिक्षण भईरहेको छ । विदेशी प्रशिक्षकले अभ्यास नियमित गराउनु भएको छ ।’ उनले खेलपाटीसंग भने ।

‘जिल्लादेखि सबै ठाउँमा अभ्यास भईरहेको छ । दुरी कायम गरेर प्रतियोगिता सम्भव देखिन्छ ।’ उनी भन्छन् ।

कोरोना कहरका कारण गत चैतबाट अधिकांश खेलका खेलाडीहरु अभ्यासमा फर्कन पाएका छैनन् । फुटबल, क्रिकेट, ब्याडमिन्टन, एथ्लेटिक्स सहितका केही खेलका राष्ट्रिय टिमका खेलाडीहरु सामान्य अभ्यासमा फर्किएका छन् ।

कोरोनका कारण स्थानीय तह हुँदै जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा खेलकुदका अभ्यास र प्रतियोगिताहरु नगन्य जस्तै छन् ।

वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा जाँच्ने राम्रो अवसर समेत हो । आवश्यक प्रशिक्षण बिना खेलाडीलाई प्रतियोगिता खेलाउँदा खेलाडीले आफ्नो क्षमता प्रर्दशन गर्न नपाउने कतिपयको तर्क छ ।

नेपाल पौडी संघ महासचिव जगत श्रेष्ठले तीन महिनाभित्र हुने प्रतियोगितामा खेलाडीले प्रर्दशन दिन नसक्ने धारणा राख्छन् ।

‘राष्ट्रिय खेलकुद हुन सक्छ । यो देशमा प्रतियोगिताका लागि प्रतियोगिता धेरै भएका छन् ।’ उनले भने, ‘प्रर्दशन दिने कुरामा खेलाडीले सक्दैनन् ।’

सरकारले ठुलो लगानी गरेर सातदोबाटोमा बनाएको हिटिङ्ग सुविधा सहितको पुल सञ्चालनमा आउन सकेको छैन । सोही कारण खेलाडीले अभ्यास गर्ने मौका पाएका छैनन ।

‘हिटिङ्ग पुलले पुरा काम गरेको छैन । बाहिर अर्को पुल छैन । खेलाडीले चिसो पुलमा खेल्न सक्दैनन् । सोही कारण खेलाडीले प्रर्दशन दिन सक्दैनन् ।’ उनले भने, ‘खेलाडीहरु सहभागी हुन सक्छन् । तर प्रर्दशन चाँही हुदैन ।’

उनले पुलभित्र खेलाडीको अभ्यास नभएपनि शारिरिक अभ्यास भने सञ्चालन गरिरहेको बताए ।

‘कोभिडले कारण स्विमिङ गराएको छैनौं । यसलाई बुद्धि पुर्याएर गर्न नि सकिन्छ । तर पुल सञ्चालन नभएकाले अभ्यास गराएका छैनौ ।’ उनले भने ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ मा सुरु भएको राष्ट्रिय खेलकुद ७७ सालसम्म आईपुग्दा ८ वटा संस्करणमात्र पुरा भएको छ । तत्कालिन सदस्य सदस्य केशवकुमार विष्टका पालामा सातौं र आठौं राष्ट्रिय खेलकुद समयमै सम्पन्न भएका थिए ।

खेल बिज्ञ शुसिलनरसिंह राणा खेलाडीको अभ्यास सुरु भईसकेको अवस्थामा यस वर्षभित्र कुनैपनि हालतमा प्रतियोगिता गर्नुपर्ने बताउँछन् ।

उनले जिम्मेवार संस्थाले हिम्मत गरेर भएपनि यस वर्ष प्रतियोगिता सम्पन्न गर्नुपर्ने धारणा राख्छन् ।

‘खेलाडीको अभ्यास सूरु भईसकेको छ । सामान्यतया चार महिना भनेको प्रतियोगिताका लागि आवश्यक समय हो ।’ एथ्लेटिक्सका प्रशिक्षक समेत रहेका राणाले भने, ‘प्रतियोगिता र रिजल्ट भएन भने खेलाडीको आत्म विश्वास गुम्छ । खेलाडी खत्तम भएर जान्छ ।’

राणाले वृहत राष्ट्रिय खेलकुद नभएपनि खेल संघलाई सहजताको आधारमा च्याम्पियनसिप गराउन वर्तमान खेलकुद नेतृत्व अग्रसर हुनुपर्ने बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP