• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मी फुटबल क्लबको रुपमा दर्ता
हिम बिक्रम केसी
आइतबार, मंसिर २१, २०७७ हिम बिक्रम केसी
आर्मी फुटबल क्लबको रुपमा दर्ता
विभागीय टिम अार्मीका खेलाडी । फाेटाे : खेलपाटी

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्सिङको प्रक्रियामा रहेको विभागीय टिम आर्मीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बेग्लै फुटबल क्लब दर्ता गरेको छ ।

त्रिभुवन आर्मी क्लबको नामबाट नेपालको शीर्ष डिभिजनको फुटबल खेलिरहेको आर्मीले राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेको हो ।

विभागीय टिमले राखेपमा ‘त्रिभुवन आर्मी फुटबल क्लब’को रुपमा नयाँ क्लब दर्ता गरेको छ ।

विभागीय टिम आर्मी यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल सहित सबै खेलमा सहभागी र प्रतिस्पर्धा गर्दै आएको छ ।

एएफसीको क्लब लाईसेन्स प्राप्तिका लागि आर्मी बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो ।

राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेर आर्मी व्यवसायीक फुटबल क्लबको रुपमा अघि बढ्ने संकेत गरेको छ ।

घरेलु फुटबलमा व्यवसायीक रुपमा अघि बढ्न आर्मीको वर्तमान नेतृत्व सकारात्मक देखिएको छ ।

योसंगै आर्मीले एएफसीको क्लब लाईसेन्सका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेको छ । प्रक्रिया समयमै अघि बढेको खण्डमा आर्मी एएफसीको क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बन्नेछ ।

लाईसेन्सले आर्मीलाई एएफसीका प्रतियोगितामा सहभागीता जनाउन अवसर दिनेछ ।

एएफसीले नेपाल सहितका राष्ट्रलाई क्लब लाईसेन्सिङ अनिवार्य गरेको छ । लामो समय बितिसक्दा समेत नेपालले घरेलु फुटबलमा क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न सकेको छैन । एएफसीले क्लब लाईसेन्सिङलाई ब्यवसायीक फुटबलको आधार बनाएको छ ।

एएफसीले क्लब लाईसेन्स प्राप्त गर्न बित्तिय, पूर्वाधार सहितका मुख्य ५ मापदण्ड बनाएको छ । लाईसेन्स पाउन क्लबले मुख्य ५ मापदण्डभित्र थप २९ वटा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । तर शीर्ष डिभिजन क्लबकै अभ्यास गर्ने समेत मैदान नभएको नेपालमा क्लब लाईसेन्सिङ लागू गर्न कठिन देखिदै आएको छ ।

अब भने एएफसीको क्लब लाईसेन्सिङ प्रक्रियामा नेपालको विभागीय टिम आर्मी निकै अघि बढेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ वटा क्लबको क्लब लाईसेन्सिङका लागि एएफसीमा पत्राचार गरेको थियो । तर एएफसीले मापदण्ड नपुगेको भन्दै १३ क्लबलाई लाईसेन्स दिन नसकिने बतायो । सोही अनुसार नेपालका १३ वटा ए डिभिजन क्लब लाईसेन्सका लागि अयोग्य सावित बने । लाईसेन्स स्विकृत नभएका कारण नेपालका शीर्ष डिभिजनका १३ क्लबले एएफसीका कुनै प्रतियोगिता खेल्न नपाउने लज्जास्पद अवस्था नेपालले भोग्दै आएको छ ।

एएफसीले १३ क्लबको प्रस्ताव अस्विकृत गरेपनि विभागीय टिम आर्मीले लाईसेन्स प्राप्तिका लागि गरेको प्रयासको प्रशंसा गरेको थियो । क्लब लाईसेन्सिङ हेरिरहेका एन्फाका एक कर्मचारीका अनुसार सन् २०२१ का लागि प्रस्ताव गर्दा आर्मीका सबै काजगपत्र पुरा भएको देखिएको थियो ।

‘एएफसीकै मापदण्ड अनुसार सबै प्रमाणपत्र आर्मीले पुरा गरेको थियो । तर बित्तिय र कानुनी रुपमा एएफसीले प्रश्न उठाएको थियो ।’ ती कर्मचारीले भने, ‘अडिट रिपोर्ट बुझाएपछि बित्तिय मापदण्ड पुगेको देखियो । तर विधान अनुसार बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने कानुनी बिषयमा एएफसीको मुख्य असहमती जनायो ।’

आर्मीको सबै खेललाई समेट्ने विधान रहेको छ । तर एएफसीले फुटबल क्लब हेर्ने बेग्लै विधान हुनुपर्ने सुझाव दिएको थियो । सोही अनुसार आर्मीले फुटबल क्लबको रुपमा राखेपमा टिम दर्ता गरेको छ ।

एएफसीले क्लब लाईसेन्सिङ लागू गरेपछि बिस्तारै विभागीय टिम घरेलु फुटबलबाट हराउने आशंका गरिएको थियो । विभागको नियम अनुसार बेग्लै क्लब दर्ता गरेर एएफसीको मापदण्ड विभागीय टिमले पुरा गर्न नसक्ने धेरैको आशंका थियो ।

त्रिभुवन आर्मी क्लबले युवा परियोजनादेखि एएफसीको सम्पूर्ण मापदण्ड पुरा गर्दै क्लब लाईसेन्सिङका लागि आफु तयार भएको जनाउ दिएको छ । नयाँ क्लब दर्ता भएसंगै चाँडै आर्मी क्लबले एएफसीको क्लब लाईसेन्स प्राप्त गर्ने देखिएको एन्फाका एक अधिकारीले बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
नेपाललाई बदलासँगै उपाधिको अवसर
नेपाललाई बदलासँगै उपाधिको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP