शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

भद्रगोल खेलकुद, बोर्ड बैठक अनिश्चित 

शनिबार, २० मंसिर २०७७खेलपाटी संवाददाता
भद्रगोल खेलकुद, बोर्ड बैठक अनिश्चित 
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक अझै अनिश्चित बनेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत राखेपको बोर्ड बैठक बस्न सकेको छैन ।

नयाँ खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयमा आएको थियो । नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त समेत भएका छन् । ऐनको व्यवस्था अनुसार ओलम्पिक कमिटि बाहेकका बोर्ड सदस्य नियुक्त भईसकेका छन् । तर मन्त्रालयले बोर्ड बैठक बस्ने प्रक्रिया अघि बढाउन सकेको छैन ।

परिषद् अध्यक्ष समेत रहेका खेलकुद मन्त्री जगत विश्वकर्माले दशै लगत्तै बोर्ड बैठक बस्ने बताएका थिए । तयारी नपुगेको भन्दै मन्त्री विश्वकर्माले तिहारपछि मात्र बैठक बोलाउने बताए ।

तिहार सकिएको लामो समय बितिसक्दा समेत बोर्ड बैठक बस्न सकेको छैन । बोर्ड बैठक नबस्दा घरेलु खेलकुदको वार्षिक क्यालेन्डर प्रकाशित हुन सकेको छैन भने खेलकुदका अघिकांश गतिविधि प्रभावित बनेका छन् ।

राखेप उपाध्यक्ष शिव कोईरालाले छलफल गर्ने विषयमा गृहकार्य नपुगेको भन्दै बोर्ड बैठक बस्न ढिलाई भएको खेलपाटीलाई बताए ।

‘बोर्डले छलफल गर्ने विषयहरु कानुन, नियमावली, कर्मचारी समायोजनको पूर्ण गृहकार्य भएको छैन । त्यो सकिएपछि बैठक बस्दा सहज हुन्छ ।’ उनले भने ।

खेलकुद ऐन असार १७ गतेबाट लागू भएपनि नियमावली नबन्दा कार्यान्वयमा समस्या देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयले सह सचिव भक्तबहादुर ढकालको नेतृत्वमा नियमावली समिति गठन गरेको थियो । तर कोभिड–१९ का कारण समितिले काम सम्पन्न गर्न सकेको छैन ।

बोर्ड बैठक अघि वार्षिक कार्यक्रम, कर्मचारी समायोजनको मोडालिटी तथा खेलकुद नियमावलीमा सहमती जुटाउनुपर्ने बाध्यता छ । तर समयमा काम अघि बढाउन नसक्दा एजेण्डाका बिषय टुङ्गो लागेको छैन ।

बोर्ड बैठक ढिलाई हुने भएपछि मन्त्रालयले राष्ट्रिय संघभित्रको विवाद समाधानका लागि उपाध्यक्षको नेतृत्वमा समिति गठन गरेको छ । त्यसअघि सो समिति बोर्ड बैठकले गठन गर्ने तयारी थियो । नयाँ ऐनले एकै प्रकृतिका दुई संघलाई ऐन कार्यान्वयमा आएको तीन महिनाभित्र एक बनाउन निर्देश गरेको छ । तीन महिनामा एक नहुने एक प्रकृतिका संघको दर्ता राखेज हुने व्यवस्था छ । तर ऐन आएको झण्डै ५ महिनापछि विवाद समाधानका लागि मन्त्रालयले समिति गठन गरेको छ । विवाद समाधानका लागि अझै समय लाग्ने देखिएको छ ।

नयाँ ऐनले राखेप सञ्चालनका लागि ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । बोर्ड बैठक नबस्दा राखेपको कार्यकारी समितिले पूर्णता पाएको छैन । कार्यकारी समिति नबन्दा राखेपको काम कारबाही विवादीत र प्रभावित बनेको छ ।

कोरोना भाईरसको महामारीका कारण गत चैतबाट अधिकांश खेलकुद संघका खेलाडीहरु प्रशिक्षणमा फर्कन पाएका छैनन् । एन्फा, क्यान बाहेक अधिकांश संघले खेलाडीलाई प्रशिक्षणमा फर्काएका छैनन । सरकारले खेलकुदको प्रशिक्षण सुरु गर्न अनुमती प्रदान गरेको छ । तर खेलाडीलाई प्रशिक्षणमा फर्काउन मन्त्रालय र राखेप उदासिन छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल