• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
भद्रगोल खेलकुद, बोर्ड बैठक अनिश्चित 
खेलपाटी संवाददाता
शनिबार, मंसिर २०, २०७७ खेलपाटी संवाददाता
भद्रगोल खेलकुद, बोर्ड बैठक अनिश्चित 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक अझै अनिश्चित बनेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत राखेपको बोर्ड बैठक बस्न सकेको छैन ।

नयाँ खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयमा आएको थियो । नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त समेत भएका छन् । ऐनको व्यवस्था अनुसार ओलम्पिक कमिटि बाहेकका बोर्ड सदस्य नियुक्त भईसकेका छन् । तर मन्त्रालयले बोर्ड बैठक बस्ने प्रक्रिया अघि बढाउन सकेको छैन ।

परिषद् अध्यक्ष समेत रहेका खेलकुद मन्त्री जगत विश्वकर्माले दशै लगत्तै बोर्ड बैठक बस्ने बताएका थिए । तयारी नपुगेको भन्दै मन्त्री विश्वकर्माले तिहारपछि मात्र बैठक बोलाउने बताए ।

तिहार सकिएको लामो समय बितिसक्दा समेत बोर्ड बैठक बस्न सकेको छैन । बोर्ड बैठक नबस्दा घरेलु खेलकुदको वार्षिक क्यालेन्डर प्रकाशित हुन सकेको छैन भने खेलकुदका अघिकांश गतिविधि प्रभावित बनेका छन् ।

राखेप उपाध्यक्ष शिव कोईरालाले छलफल गर्ने विषयमा गृहकार्य नपुगेको भन्दै बोर्ड बैठक बस्न ढिलाई भएको खेलपाटीलाई बताए ।

‘बोर्डले छलफल गर्ने विषयहरु कानुन, नियमावली, कर्मचारी समायोजनको पूर्ण गृहकार्य भएको छैन । त्यो सकिएपछि बैठक बस्दा सहज हुन्छ ।’ उनले भने ।

खेलकुद ऐन असार १७ गतेबाट लागू भएपनि नियमावली नबन्दा कार्यान्वयमा समस्या देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयले सह सचिव भक्तबहादुर ढकालको नेतृत्वमा नियमावली समिति गठन गरेको थियो । तर कोभिड–१९ का कारण समितिले काम सम्पन्न गर्न सकेको छैन ।

बोर्ड बैठक अघि वार्षिक कार्यक्रम, कर्मचारी समायोजनको मोडालिटी तथा खेलकुद नियमावलीमा सहमती जुटाउनुपर्ने बाध्यता छ । तर समयमा काम अघि बढाउन नसक्दा एजेण्डाका बिषय टुङ्गो लागेको छैन ।

बोर्ड बैठक ढिलाई हुने भएपछि मन्त्रालयले राष्ट्रिय संघभित्रको विवाद समाधानका लागि उपाध्यक्षको नेतृत्वमा समिति गठन गरेको छ । त्यसअघि सो समिति बोर्ड बैठकले गठन गर्ने तयारी थियो । नयाँ ऐनले एकै प्रकृतिका दुई संघलाई ऐन कार्यान्वयमा आएको तीन महिनाभित्र एक बनाउन निर्देश गरेको छ । तीन महिनामा एक नहुने एक प्रकृतिका संघको दर्ता राखेज हुने व्यवस्था छ । तर ऐन आएको झण्डै ५ महिनापछि विवाद समाधानका लागि मन्त्रालयले समिति गठन गरेको छ । विवाद समाधानका लागि अझै समय लाग्ने देखिएको छ ।

नयाँ ऐनले राखेप सञ्चालनका लागि ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । बोर्ड बैठक नबस्दा राखेपको कार्यकारी समितिले पूर्णता पाएको छैन । कार्यकारी समिति नबन्दा राखेपको काम कारबाही विवादीत र प्रभावित बनेको छ ।

कोरोना भाईरसको महामारीका कारण गत चैतबाट अधिकांश खेलकुद संघका खेलाडीहरु प्रशिक्षणमा फर्कन पाएका छैनन् । एन्फा, क्यान बाहेक अधिकांश संघले खेलाडीलाई प्रशिक्षणमा फर्काएका छैनन । सरकारले खेलकुदको प्रशिक्षण सुरु गर्न अनुमती प्रदान गरेको छ । तर खेलाडीलाई प्रशिक्षणमा फर्काउन मन्त्रालय र राखेप उदासिन छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP