बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. रोजिनले अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप खेल्ने

रोजिनले अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप खेल्ने

२०२० डिसेम्बर २, बुधबारखेलपाटी संवाददाता

रोजिनले अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपालका रोजिन बज्राचार्य भारतको बैंगलोरमा आयोजना हुने अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागिता जनाउने भएका छन् ।

यहिँ डिसेम्बर ५ मा आयोजना हुने मसल मेनियामा सहभागिता जनाउन जाने रोजिनसहितको नेपाली टोलीलाई बुधबार बिदाइ गरिएको छ ।

नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।

रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले नेपाली टोलीका सदस्य रोजिनलाई सफलताको शुभकामना दिँदै खेलकुदको विकास र विस्तारका साथै खेलाडीको हौसलाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय एरिनामा सहभागी हुन लागेका रोजिनलगायत नेपाली टोलीलाई सफलताको शुभकामना दिए । उनले खेलाडीको मनोबल बढाउन क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले रोजिनलाई क्लबका तर्फबाट ट्रयाक सुट पनि प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा नेपालका रोजिनसहित धिरज घर्तीमगर, प्रकाश केसी र सुभम थापाले प्रतिस्पर्धा गर्ने छन् ।

रोजिनले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेका छन् । उनले सन् २०१६ मा भएको मिस्टर काठमाडौंमा रजत पदक जितेका थिए ।

यसैगरी सन् २०१७ मा आयोजना भएको मिस्टर हिमालयमा स्वर्ण पदक जितेका थिए । यस्तै सन् २०१८ मा मिस्टर एभरेष्ट, मिस्टर बुल्समेन, धर्मश्री र दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

नेपाली टोली बुधबार नै बेंग्लोर प्रस्थान गरेको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

Bhat Bhateni
‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी