बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. भावनाको असन्तुष्टि !

भावनाको असन्तुष्टि !

२०२० नोभेम्बर २५, बुधबारखेलपाटी संवाददाता

भावनाको असन्तुष्टि !

काठमाडौं । भावना घिमिरे नेपाल क्रिकेट संघ (क्यान) की पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । खुल्ला प्रतिस्पर्धाबाट क्यानको सीईओ नियुक्त भएपछि खेलकुद वृत्तमा उनको चर्चा चुलिन पुग्यो ।

क्यान आन्तरिक विवादले थलिदै गयो । मैदान भित्र भने नेपालले एकपछि अर्को सफलता प्राप्त गर्दै थियो । नेपालले टी–ट्वान्टी विश्वकपनै खेल्यो । तर क्रिकेट संघका पदाधिकारी भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बनसम्म परे ।

क्यानभित्रको आन्तरिक विवादले भावनाको क्षमता नेपाली क्रिकेटले जाँच्न पाएन । तर क्यान निलम्बनको अवस्थामा उनी आईसीसीको नेपाल प्रतिनिधिको भूमिकामा रहिन् । क्यान निलम्बित अवस्थामा नेपाललाई अन्तराष्ट्रिय क्रिकेटसंग जोड्ने पुलको काम गरिन् ।

क्यानमा उल्लेख्य केही गर्न नपाएकी भावनाले कार्यकालको अवधिभर नेपाली क्रिकेट, यसको सफलता, चुनौती र सम्भावनाको बहुआयाम बुझ्ने अवसर पाईन् ।

हप्तामात्र क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज भारतीय कम्पनीलाई दिने गरि प्रस्ताव छलफलमा ल्याएको छ । नेपाली क्रिकेटको सम्भावनालाई नजिकबाट नियालेकी भावनाले फ्रेन्चाईज विदेशी कम्पनीलाई दिने निर्णयको खुलेरै विरोध गरिन् । उनले एनपीएल भारतीय कम्पनीलाई दिने प्रस्ताव गद्धारी भएको आरोप लगाईन् । उनले आफ्नो कार्यकालमा एउटा साधारण राष्ट्रिय स्तरको खेलका लागि झण्डै पौने करोड मुख्य प्रायोजक खोजेको उदाहरण दिदै अन्तराष्ट्रिय स्तरको एक्सक्लुसिभ फ्रेन्चाईज वार्षिक २ करोडमा कुनैपनि हालतमा ठुलो रकम नहुने उल्लेख गरिन् ।

एनपीएल भारतीय कम्पनीलाई दिने क्यानको प्रस्तावमा भावनाले किन तिव्र असन्तुष्टि प्रकट गरिन् ? खेलपाटीका विश्वास थापासँग भावनाले यसको कारण पोखिन् ।

असन्तुष्टिको कारण धेरै छन् । पहिलो एनपीएल दश वर्षको सम्झौता हो । दश वर्षको समय सानो अवधि होइन । यो समय कुनैपनि चिज कायापलट हुन सक्ने पर्याप्त समय हो । ठुला ठुला साझेदारी सम्झौता र व्यवसायीक सम्झौता दश वर्षको हुँदैन । प्रतियोगिता नै दश वर्षको लागि दिदा प्रश्न उठ्ने ठाउँ हुन्छ । अर्को, आफुले आयोजना गर्नु पर्ने प्रतियोगिता किन अरुलाई जिम्मा दिने ? हामीले गर्न नसक्ने भएर हो ?

सबै कुरा आयात हुने देशमा अब क्रिकेट समेत आयात गर्न लागेको जस्तो देखियो । हामी आफुले केही नगर्ने, सबै अरुले गर्दिन्छन् भनेर आश गर्दा हामी कहिले विकास हुने ?
अहिले त कोरोना माहामारी छ, ठिकै छ । सन् २०१५ मा हामीले १ करोड ५० लाख भन्दा बढीको प्रायोजक पाएको समयमा अहिले जम्मा २ करोडको पछि लाग्नु कुनै आधारमा उचित होइन ।

एनपीएल आयोजनाको जिम्मेवारी दिने कम्पनीको पृष्ठभूमी समेत हेर्नपर्छ । आईएमजी जस्तो कम्पनीलाई दिएको भए ठिकै हो भन्न सकिन्थ्यो । आईएमजीले त त्यत्रो आईपीएलको व्यवस्थापन हेर्छ । त्यस्तो कम्पनीले हामीलाई सहयोग गर्छ, नाफा दिन्छ भन्ने हुन्थ्यो । यत्तिकै अहिले सामान्य कम्पनीलाई आफ्नो सम्पति किन जिम्मा दिने र ?
म पहिले सीईओ हुँदा समेत एनपीएल बोर्डले नै गराउनु पर्छ भनेर लागेको हो । नेपालमा यस्तो ठुलो बजार छ, अरु प्रतियोगिता मज्जाले चलेका छन् । एकदिवसीय मान्यता छ, प्रायोजक आफैले क्यानसंग कसरी सहकार्य गर्न आतुर हुनुहुन्छ । यस्तो अनुकुल वातावरणमा आफुले आयोजना गर्नको सट्टा अरुलाई पूर्ण रुपमा जिम्मा दिनु राम्रो निर्णय हो जस्तो लाग्दैन ।

हामीले आफ्नो बिकास आफै गर्ने हो । अरुले आएर एक्कासी गरेर हुँदैन । जनशक्ति, प्रशिक्षक, अम्पाएर, मैदानका कर्मचारी, मैदानको विकास, जस्ता सबै कुरामा परनिर्भर हुनु भएन । सबै कुरा अरुले आएर गर्छ भनेर हात उठाउने हो भने नेपाल क्रिकेट कहिल्यै बिकास हुँदैन । अहिले एउटा प्रतियोगिता गराउन डराउने हामी १० वर्षपछि टेष्ट खेल्ने सपना कसरी देख्न सक्छौं ?

आफैले एनपीएल गराउँदा हामीले सिक्ने मौका पाउँछौं । समय अनुसार सिक्दै जाँदा हाम्रो प्रशासन बलियो हुन्छ । हाम्रो इभेन्ट गर्ने तरिकामा निखार आउँछ, बिस्तारै प्रदेश प्रदेशमा मैदान बन्छ । ग्राउण्ड म्यानले विकास हुन्छ । लोकल अम्पाएर तथा स्कोररको विकास हुन्छ । यि सबै कुराले गर्दा नेपाल क्रिकेटको ग्रासरुटबाट बिकास हुन्छ ।
हामी आफैमा निर्भर हुनु पर्यो । अरुलाई जिम्मा दिंदा माथि राम्रो देखिन्छ, भित्र उहीनै रहन्छ । हाम्रो दुधबाट घिउ उसले लान्छ, हामी मोहीमा रमाउन पर्छ ।

देशमा भएको तीनवटा ठुला फ्रेन्चाइज भन्दा ठुलो बनाउने भनेर लाग्दा आईएमजी जस्तो कम्पनीलाई जिम्मा दिउ । इभेन्ट कन्सल्ट्याण्ट ल्याउने, म्यानेजमेन्ट कम्पनी ल्याउने, ब्रोडकास्टिङ अधिकार ल्याउने, अनि सबैसंग बसेर कसरी गर्न सकिन्छ भनेर अघि बढ्ने हो । ठुलो बनाउने भन्दैमा हुँदैन । त्यससंगै भित्रने बेफाइदा पनि उत्तिकै छ । यसमा खेलाडीको राय पनि हेर्न जरुरी छ ।

अफगानिस्तान जस्तो राष्ट्रले त आफै आयोजना गर्न सक्छ भने हामी किन डराउने ? प्रतियोगिता अरुलाई दिन तयार हुनु भएकाहरुको आफ्नै तर्क होला । तर कुनै पनि परिस्तिथीमा आफ्नो सम्पति अरुलाई चलाउ भनेर दिनु गलत हुन्छ । यस्तै जुन कम्पनीले यसको जिम्मा लिन्छ उसलाई समेत यहाँ गर्न सहज पक्कै हुँदैन ।

अहिले प्राइभेट सेक्टरबाट चलिरहेका प्रतियोगितासंग डराएर अरुलाई जिम्मा दिने र बोर्ड भएर आफैंले गर्न सक्छौं भन्ने आँट समेत गर्न सक्नु भएन । पहिले हामीले गर्न पाएनौं भन्ने अहिले भएको भन्दा ठुलो बनाउन अरुलाई दिएको भनेर छुट पाउनु हुन्न ।

यसरी नै चलाउने हो भने नेपाली क्रिकेटनै अब नीजि क्षेत्रलाई चलाउन दिए हुन्छ । खेलाडी, मैदान सबै आफ्नै हुँदा समेत आट्न सकिन्न भने क्रिकेटनै अब नीजि क्षेत्रलाई जिम्मा दिए भयो ।

राम्रो गराउने हो, हामीसंग अनुभब छैन भने त्यसको विकल्प हुन्छ । तर सबै जिम्मा र प्रतियोगिता सम्झौतामा बेच्ने हो भने क्रिकेट कसरी बिकास हुन्छ ?

नीजि क्षेत्रले गराउने प्रतियोगिता आफ्नो आफ्नो फाइदाको लागि गराउने हो । तर सम्बन्धित निकाय, क्यानले गर्ने भनेको समग्र क्रिकेट बिकासको लागि हो । खेलाडीको विकास, खेलाडीलाई एक्सपोजर दिने, खेलाडी उत्पादन गर्ने, खेल मैदानको विकास गर्ने लगायत क्रिकेटसंग सबैको विकास हुँदै क्यान आफै विकास हुनु हो । एनपीएल भनेको यो सबैलाई सम्भब बनाउन सक्ने सन्दुक हो ।

सुरुमै दौडन खोज्ने कि बिस्तारै एक एक पाइला चाल्दै पहाड चढ्ने भनेर बिचार गर्नु पर्यो । एक खेलाडीले उमेर समुह, राष्ट्रिय टिम हुँदै टेष्ट खेल्ने कि सिधै टेष्ट खेलाउने ?

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

Bhat Bhateni
बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब