क्रिकेट टिमको फिटनेस ट्रेनरमा हटकर नियुक्त
शनिबार, ०६ मंसिर २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका आशे हटकर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हटकर फिटनेस ट्रेनरमा नियुक्त भएको जनाएको छ ।
नेपाली क्रिकेट टिमले मंसिर १० गतेबाट टिमको प्रशिक्षण गर्दैछ ।
उक्त प्रशिक्षणका लागि क्यानले हटकरलाई नियुक्त गरेको हो ।
हटकरसँग यस क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ ।
हटकरले भारतको ओलम्पिक टिममा सहायकको रुपमा काम गरिसकेको अनुभव रहेको छ ।






-1769407824233.jpeg&w=3840&q=75)








