एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ७ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बायर्नले घरेलु मैदानमा भेरडाआ ब्रेमेनसँग प्रतिस्पर्धा गर्दैछ । बायर्न र ब्रेमेनबीचको खेल नेपाली समय अनुसार ८:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
बायर्न ७ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १० अंक जोडेको ब्रेमेन नवौं स्थानमा रहेको छ ।
यस्तै डर्टमण्डले हेर्था बर्लिनसँग प्रतिस्पर्धा गर्नेछ ।
डर्टमण्ड बर्लिनलाई हराएर शीर्ष टिमसँगको अंक दुरी घटाउन चाहन्छ ।
डर्टमण्ड १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ७ अंक जोडेको बर्लिन १२ औं स्थानमा रहेको छ ।
यस्तै आरबी लाइपजिगले आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ ।
शाल्केले वोल्फ्सबर्गसँग खेल्दा होफेनहाइमले स्टुटगार्डसँग खेल्नेछ ।