• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘एनपीएलको निर्णय क्यानलाई घातक बन्न सक्छ’
खेलपाटी संवाददाता
शनिबार, मंसिर ६, २०७७ खेलपाटी संवाददाता
‘एनपीएलको निर्णय क्यानलाई घातक बन्न सक्छ’

आमिर अख्तर ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट विकासका लागि धेरैनै उत्साहीत बनाउने सोच हो । क्यानको यो सोच राम्रो हो । क्यानले गर्नुपर्ने पनि यही हो । अध्यक्षको रुपमा चतुरबहादुर चन्दको धेरै अगाडी देखिको नारा थियो, क्रिकेट संघले एनपीएल गराउँछ भन्ने । जसमा हामी सबै सहमत छौ । क्रिकेटको सरोकारवाला निकाय भएर एनपीएल गर्नुपर्छ भन्नेनै छ ।

अब ईपीएलको कुरा गर्दा एनपीएलसंग मेरो कुनै संलग्नता छैन । एपीएल क्रिकेट संघले गर्ने हो । आफ्नो मोडालिटी बनाएर गर्ने हो । ईपीएल तीन वर्षदेखि चलिरहेको छ । क्यान निलम्बन भएको अवस्थामा हामीले आफ्नो हिसावमा नेपाली क्रिकेटमा योगदान गर्यौ । धेरै अफ्ठयारो भएर क्रिकेट चलायौं । आईसीसीसंग अनुमती लिएर पनि फ्रेन्चाईज गर्यौ । त्यो बेला कुनैपनि क्रिकेट गतिविधि नभएपनि ईपीएलले त्यो योगदान गर्यो ।

आज नेपाल क्यानले एनपीएल गर्छु भनेको छ । हामी सबै खुसी छौँ ।

तर याद गर्नुपर्ने कुरा, मेरो समाचारमा सुने अनुसार भारतीय कम्पनीलाई आयोजनाको जिम्मेवारी दिने प्रस्ताव छ । एनपीएललाई सबै हिसाबले ‘आउट सोर्स’ गर्ने र त्यसमा मैले थप केही बुझ्नुपर्छ भन्ने लाग्छ ।

आईपीएल हुन्छ, भारतीय क्रिकेट टिम राम्रो छ भनेर सबै भारतीय कम्पनी राम्रो भन्ने हुदैन । हामीले शंकाको दृष्टिकोणले पनि हेर्न पर्छ । आईपीएल संसारको सबैभन्दा स्थापित र प्रतिष्ठित लिग हो । तरपनि बिच–बिचमा फिक्सर र सट्टेबाज गर्ने मान्छेहरु पुगिरहेका हुन्छन् । खेलाडीहरुमाथि प्रस्ताव गरेको समाचार आईरहेको छ ।

जबकी भारतीय क्रिकेट बोर्डको धेरै बलियो ‘एन्टीकरप्सन’ छ । मलाई यतिमात्र शंका छ । धेरै भारतीय कम्पनीसँग संगत गरिरहेको हुन्छु । त्यसमा ९० प्रतिशत भन्दा बढी ठगी धन्दा गर्ने, सबैको स्वार्थ सट्टेबाज गर्ने हो भन्नेनै पाउँछु ।

मलाई पनि ईपीएलमा धेरै प्रस्ताव आयो । बीचमा धेरै भारतीय कम्पनीले ईपीएल चलाउने प्रस्ताव गरे । फ्रेन्चाईज लिन्छौ भनेर प्रस्ताव गरे । तर मैले कहिल्यै पनि उनीहरुलाई पस्न दिएन । किन दिएन भने मलाई थाहा छ, सबैको स्वार्थ क्रिकेट विकासका लागि छैन । सबैलाई छोटो बाटोबाट पैसा चाहिन्छ, त्यो सट्टे पट्टा हो ।

आईसीसीको सदस्य भएपनि पनि क्यान व्यवस्थापकीय हिसावले एन्टिकरप्सनको हिसाबले धेरै सबल बनिसकेको छैन । आजको हाम्रो एन्टिकरप्सन, एन्टी डोपिङ, कोड अफ कन्डक्ट, स्वार्थ बाँझिने कुरा कुनैपनि व्यवस्थित भएको छैन । यसमा मेरो एउटा फरक मत भनेको क्रिकेट संघले एनपीएल गर्न दिईरहेको छ भने त्यसलाई पुरा प्रक्रिया बुझेर, छानविन गरेर, मात्र दिनुपर्छ । एकाएक प्रस्ताव आएर आयोजनाको अधिकार दिनु हुदैन । किनभने यो विदेशी कम्पनी हो । सबै कुरा बुझ्न पर्छ । भोलि विदेशी कम्पनीले यहाँ फिक्सिङ गर्छ, भ्रष्टाचार गर्छ भने त्यसको जिम्मेवार को हुन्छ ?

पैसा दिने धेरै ठुला कुरा हैन । तर बुझ्न पर्छ, यो पैसा सम्पती शुद्धिकरण भएर आएको हो कि विश्व आतंकवादबाट पैसा आएको हो कि ?

पैसा कहाँबाट आएको हो ? आखिर पैसा कमाएर क्यानलाई दिने हो । त्यसैले क्यानले एक औपचारिक प्रक्रिया राख्न पर्छ । कम्पनीको पृष्ठभूमी, कुनै लिग गरेको छ कि छैन ? कुनै अनुभव छ कि छैन ? भनेर विचार पुर्याउन पर्छ ।

दोस्रो, पैसा सम्पती शुद्धिकरण भएर आउन पर्ने हो । विश्व आतंकवादबाट पैसा आउन भएन, राष्ट्र बैंकको बाटो भएर आउन पर्यो । कर तिरेर आउन पर्ने हो । यदी टिमका मालिकहरु भारतीय छन् भने सबै मालिकको पृष्ठभूमी पनि आउन पर्छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले चलाउने आईपीएलमा कोही पनि साधारण मालिक छैनन् । कोही आम्बानी छन्, अर्को शाहरुख खान छन् । कोही जीएमआर छ । भारतमा सामाजिक प्रतिष्ठा कमाएका मान्छे र कम्पनीहरु आईपीएल चलाईरहेको छ । मैले ईपीएलमा किन ठुला उद्योगपतीलाई राखेको छु भने यिनीहरुलाई सामाजिक प्रतिष्ठा पनि ख्याल हुन्छ । तर पृष्ठभूमी नभएका मानिस र कम्पनीलाई टिम दिएको भए पहिलो संस्करणमै ईपीएल उधोगति तिर जान्थ्यो । मैले आफ्नो हिसाबले ‘एन्टीकरप्सन’ राख्छु । धेरै कुरा राख्छु । तर फ्रेन्चाइज लिगमा प्रतिष्ठाले अर्थ राख्छ ।

कुनैपनि नराम्रो, साधारण, फटाहा मालिकलाई फ्रेन्चाईजमा ल्याउनु हुदैन । त्यसैले क्यानले सबै प्रक्रिया र पृष्ठभूमी बुझ्न पर्यो । पैसा दियो भन्दैमा कम्पनी राम्रो हुन्छ भन्ने जरुरी हुदैन । सबै चम्किने कुरा सुन हुदैन भन्ने बुझ्न पर्छ ।

चार करोड २० लाख दियो भन्दैमा हतार गर्न हुदैन । सुरुमा त्यो कम्पनीको विषयमा जानकारी लिनुस । लिग गरेको अनुभव छ कि छैन भनेर बुझ्नु होस । मिडियाको प्रशारण अधिकार बेचेको छ कि छैन, मालिक कस्तो आउँछ, मालिकको पृष्ठभूमी के हो, कसले लगानी गर्ने, पैसा कहाँबाट आईरहेको छ, उसको पैसा आउने बाटो बुझ्न पर्यो ।

कतै विश्व आतंकवादको पैसा त हैन, कालोधन त हैन, छानविन गर्नपर्छ ।

यो क्रिकेट बोर्ड हो । कुनै सानो कुरा हैन । त्यसैले हामी सचेत हुन आवश्यक छ । एनपीएलको सोच धेरै राम्रो छ । यो धेरै उच्च स्तरको सोच हो । यो हुनपर्छ । तर क्यानले सही कदम चाल्न आवश्यक छ । यदी भारतीय कम्पनीलाई दिने हो भने विचार पुर्याउनुपर्छ । सबै भारतीय कम्पनी राम्रो हुदैनन् । किनकी संसारमा सबै भन्दा धेरै क्रिकेटमा सट्टा पट्टा हुने भनेको भारत हो । हामी सचेत हुन आवश्यक छ ।

भर्खरै क्यान आईसीसीबाट निलम्बन फुकुवा भएर आएको छ । त्यसले गर्दा क्यानले कुनै जोखिम कदम नचालोस, जसले गर्दा पुन नेपाली क्रिकेट ५–१० वर्ष पछाडी धकेलियोस् । त्यसैले धेरै भन्दा धेरै सचेत हुन आवश्यक छ । कुनै नराम्रो मान्छे आएको खण्डमा, नराम्रो सोच आएको खण्डमा नेपाली क्रिकेट पुन निलम्बनमा जान सक्छ । हाम्रा सबै घरेलु फ्रेन्चाईज बवार्द हुन्छ । नेपाली क्रिकेटका सबै उपलब्धि गुम्छ ।

क्यान पहिलो पटक देश बाहिरको कम्पनीसंग काम गर्न खोज्दैछ । क्यानसंग समेत अनुभव छैन, बाहिरको कम्पनीसंग समेत अनुभव छैन । एउटा पनि लिग नचलाएको कम्पनी छ । अब कम्पनीका कसको हो ? खेलाडीको पृष्ठभूमी हो कि ? व्यापारिक घराना हो कि ? खुलेको छैन ।

म भन्न चाहन्छु, एनपीएल राम्रो कदम हो । राम्रो सोच हो । क्यान धेरै सचेत हुन आवश्यक छ । एनपीएलको आधिकारिकता दिने विषयमा धेरै विचार पुर्याउन आवश्यक छ ।

क्यान भर्खरै लिनम्बनबाट आएको छ । क्यानले त्यस्तो कदम नलियोस, जसले नेपाली क्रिकेटलाई पुन धक्का हान्न सक्छ । अब हामीसंग निलम्बन ब्यहोर्ने धेरै शक्ति छैन ।

क्यानलाई मैले जोखिम लिएर काम नगर्नुस भनेर सल्लाह दिन चाहन्छु । क्यानमा कुनै त्यस्तो जनशक्ति छैन, जसले कुरा बुझोस । जसले यो कुरालाई छानविन गर्न सकोस ।

क्यानको जोखिममा नपरोस । क्यान सामाजिक संस्था हो, जसले क्रिकेट विकासको काम गर्छ । भोलि यहाँ सट्टा पट्टा, फिक्सिङ्ग नहोस । यो निर्णय भोलि घातक हुन सक्छ ।

एनपीएल विदेशी कम्पनीले लिदैमा नेपालमा रहेका कुनै फ्रेन्चाईजलाई प्रतियोगितालाई फरक पार्दैन । तर क्यानले गल्ती गरेको खण्डमा हामी सबैले भोग्न पर्छ । सन् २०१५ मा क्यान निलम्बन हुदाँ हामी सबैले यसको असर भोग्यौ ।

क्यानलाई दिने भनेको रकम सानो रकम हैन । वर्षको ४ करोड २० लाख रुपैयाँ भनेको धेरै ठुलो पैसा हो । अहिले ठुलो पैसा लोभ्याएर दिएर फिक्सिङ्ग र सट्टा पट्टाको बाटो नखुलोस भन्नेमा हामी सचेत हुन पर्छ ।

यदी क्यानले स्थानीय व्यवस्थापन लिन चाहेको खण्डमा म पनि सधै इच्छुक छु । मेरो लागि यो ठुलो कुरा हुदैन । मसंग ज्ञान, अनुभव र सम्पर्क छ । दिमाग र क्षमता छ । मलाई प्रस्ताव आएको खण्डमा म पनि तयार छु । तर दुर्भाग्य नेपालमा तीनवटा फ्रेन्चाईज चलिरहेको छ, क्यानले बाहिर गएर काम गर्न खोजेको छ ।

(एभरेष्ट प्रिमियर लिग (ईपीएल)का सञ्चालक आमिर अख्तरसँगको कुराकानीका आधारमा)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP