एजेन्सी । युवा मिडफिल्डर जुड बेलिङहम पहिलो पटक इंग्ल्यान्डको सिनियर फुटबल टिममा परेका छन् ।
चोटका कारण दुई खेलाडी टिम बाहिर रहेपछि इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले बेलिङहमलाई टिममा बोलाएको छ ।
इंग्ल्यान्ड यू-२१ टिमका सदस्य बेलिङहम यस अघि सिनियर टिममा परेका थिएनन् ।
तर, मिडफिल्डर जेम्स वार्ड र डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्डले चोट बोकेपछि बेलिङहमले मौका पाएका हुन् ।
इंग्ल्यान्डले यसै महिना रिपब्लिक अफ आयरल्याण्ड, बेल्जियम र आइसल्याण्डसँग खेल्दैछ ।
डेब्यु गर्ने मौका पाएमा उनी थियो वालकोट र वायन रुनीपछि इंग्ल्यान्डका लागि खेल्ने तेस्रो कम उमेरका खेलाडी बन्ने छन् ।
१७ वर्षीय मिडफिल्डर जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्ने गर्छन ।
डर्टमण्डले च्याम्पियनसिप क्लब बर्मिघम सिटीबाट बेलिङहमलाई यसै वर्ष अनुबन्ध गरेको हो ।
डर्टमण्डका लागि उनले ११ खेल खेलिसकेका छन् ।