एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले 'गोल-५० बेस्ट प्लेयर अवार्ड' जितेका छन् ।
सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले गोल डटकमले प्रदान गर्ने यस अवार्ड जितेका हुन् ।
लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो ।
बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।
गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए । उनले कुल ४७ खेलमा ५५ गोल गरेका थिए ।
'फुटबल टिम खेल हो तर यी अतिरिक्त पुरस्कारहरू मेरो लागि पनि धेरै अर्थपूर्ण छन् । यसले देखाउँदछ कि तपाईले दैनिक गर्नु भएको परिश्रमले एक दिन दिनेछ,' अवार्डपछि पोल्याण्डका फरवार्डले भनेका छन् ।
महिलातर्फको अवार्ड चेल्सीकी पर्निल हार्डए जितेकी छिन् ।