एजेन्सी । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् ।
रंगभेदीय भाषाको प्रयोग गर्दा विवादमा आएपछि अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् ।
एफएले क्लार्कले राजीनामा दिएको पुष्टि गरेको छ । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको समेत जनाएको छ ।
६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गरेका थिए ।
बैठकमा उनले 'हाई प्रोफाइल कलर्ड फुटबलर्स' शब्द प्रयोग गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
क्लार्कले पछि माफी समेत मागेका थिए ।
बेलायती बिजिनेसम्यान क्लार्क सन् २०१६ बाट एफएका अध्यक्ष रहेका थिए ।