काठमाडौं । प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ फिफा अन्तराष्ट्रिय रेफ्री नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार क्षेत्री र श्रेष्ठलाई सन् २०२१ का लागि फिफा रेफ्री नियुक्त गरिएको जनाएको छ ।
एन्फाले फिफा रेफ्री सुदिश पाण्डे र श्रवन लामाको स्थानमा क्षेत्री र श्रेष्ठलाई नियुक्त गरिएको जनाएको छ । पाण्डे र लामा यस पटक रेफ्रीको सूचीमा परेका छैनन् ।

यस्तै महिलातर्फ अन्जना राई फिफा रेफ्री नियुक्त भएकी छिन् । उनले अश्मिता मानन्धरको स्थान लिएकी हुन् ।
फिफा सहायक रेफ्रीमा रोजेन श्रेष्ठ र पदम भुजेलको स्थानमा विक्रम चौधरी र किशन यादवलाई नियुक्त गरिएको छ ।
एन्फाले यस अघिका फिफा रेफ्रीहरु हेरफेर गर्दै नयाँ नियुक्त गरेको हो । एन्फाको रेफ्री समितिले फिटनेस र मेडिकल टेस्टपछि नयाँ रेफ्रीहरुको सूची तयार गरेको हो ।
नयाँ रेफ्रीको सूची :
फिफा रेफ्री : नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाश नाथ श्रेष्ठ, अन्जना राई (महिला)
सहायक रेफ्री : विना श्रेष्ठ (महिला),नानी राम थापा मगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव
