एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ब्रुमको मैदानमा खेलको अन्त्यतिर ह्यारी केनले गोल गरेपछि टोटेनहमले जित निकालेको हो ।

टोटेनहमको महत्वपूर्ण जितमा केनले ८८ औं मिनेटमा गोल गरेका थिए । म्याट डोहेर्टीको पासमा उनले निर्णायक गोल गरेका थिए ।
जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
टोटेनहमले ८ खेलमा १७ अंक जोडेको छ । र, साउथह्याम्पटनलाई १ अंकले पछि पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।
वेस्ट ब्रुम ८ खेलमा ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
