एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
आइतबार भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो ।
पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले जुवानको पासमा निर्णायक गोल गरेका हुन् ।

तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए । कोरेयाको पासलाई उनले सदुपयोग गरे ।
बराबरीसँगै युभेन्ट्स लिगको दोस्रो स्थानमा उक्लन असफल भएको छ ।
तेस्रो स्थानको युभेन्ट्सले ७ खेलमा १३ अंक जोडेको छ । युभेन्ट्स लिग लिडर एसी मिलान भन्दा ३ अंकले पछि रहेको छ ।
लाजियो ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

