एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले आज लाजियोसँग खेल्दैछ ।
युभेन्ट्सले बलियो टिम लाजियोसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार ५:१५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । युभेन्ट्स सिजनको चौंथो जित निकाल्ने योजनामा हुनेछ ।
युभेन्ट्स ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लाजियो १० अंक जोडेर नवौं स्थानमा रहेको छ । लाजियो घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ ।
सिरी 'ए' अन्तर्गत नै लिग लिडर एसी मिलानले घरेलु मैदानमा हेलास भेरोनासँग खेल्नेछ ।
मिलान घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम गर्न चाहन्छ ।
मिलानले ६ खेलमा १६ अंक जोडेको छ ।
यस्तै एटलान्टाले घरेलु मैदानमा इन्टर मिलानसँग खेल्नेछ ।
रोमाले जिओनासँग खेल्दा नापोली बोलोग्नासँग खेल्नेछ ।