एजेन्सी । एट्लेटिको मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा शनिबार राति काडिजलाई ४-० गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष शानमा उक्लिएको हो ।
एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले दुई गोल गरे । यस्तै मार्को लोरेन्ट र लुइस सुआरेजले एक एक थपे ।
खेलको आठौं मिनेटमा फेलिक्सले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा लोरेन्टले गोल गर्दा एट्लेटिकोको अग्रता २-० को बन्यो ।

खेलको ५१ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले ७ खेलमा १७ अंक जोडेको छ ।
काडिज भने ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
