एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित निकालेको हो ।
खेलको ३० औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६० औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।
जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोडेको छ । र, नापोली दोस्रो स्थानमा उक्लिएको छ ।
बेनेभेन्टो ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।