एजेन्सी । नेदरल्यान्ड्सको लिगमा साविक विजेता आयाक्सले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा आयाक्सले १० खेलाडीमा सिमित भीभीभी भेन्लोलाई १३-० गोल अन्तरले पराजित गरेको छ ।
लेसिना ट्राओरेले ह्याट्रिकसहित पाँच गोल गरेपछि आयाक्सले भेन्लोविरुद्ध आधा दर्जन बढी गोल गरेको हो ।
यस्तै योर्गेन एकेलेनकाम्प र क्लास जान हन्टलरले दुई दुई गोल गरे ।

त्यसबाहेक डुसन टाडिक, एन्टोनी, डेली ब्लाईन्ड र लिसान्ड्रो मार्टिनेजले एक एक गोल गरे ।
खेलको ५२ औं मिनेटमा क्रिस्टियन कुमले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
पहिलो हाफमा ४ गोल गरेको आयाक्सले दोस्रो हाफमा ९ गोल गरेको थियो ।

एकतर्फी जितसँगै आयाक्स तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
आयाक्सले ६ खेलमा १५ अंक जोडेको छ । भेन्लो ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
