एजेन्सी । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार आइनट्राख्ट फ्रान्कफुर्टलाई ५-० गोल अन्तरले पराजित गर्दै बायर्नले फराकिलो जित निकालेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे ।
फराकिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
८१ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बायर्न ३-० ले अघि रह्यो ।
घरेलु मैदानमा ह्याट्रिक पुरा गरेसँगै लेवान्डोस्कीले यस सिजन ५ खेलमा १० गोल पुरा गरेका छन् ।
खेलको ७३ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए ।
१७ वर्षीय जमलको यो सिनियर टिमका लागि पहिलो गोल हो ।

बायर्नले ५ खेलमा १२ अंक जोडेको छ । बायर्न तालिकाको दोस्रो स्थानमा रहेको छ ।
५ खेलमा ८ अंक जोडेको फ्रान्कफुर्ट पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजिगले हेर्था बर्लिनलाई २-१ ले हराएको छ ।
जितसँगै लाइपजिग ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।