एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
वेस्ट ह्यामको मैदानमा फिल फोडेनले दोस्रो हाफमा गोल गरेपछि सिटीले बराबरी खेलेको हो ।
खेलको १८ औं मिनेटमा एन्टोनियोको गोलबाट वेस्ट ह्यामले अग्रता बनाएको थियो ।
तर, सब्सिच्युड खेलाडीको रुपमा मैदान पसेका फोडेनले ५१ औं मिनेटमा गोल गर्दै सिटीलाई हारबाट जोगाएका हुन् ।
फोडेन सर्जियो अग्युरोको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

वेस्ट ह्यामसँगको बराबरीसँगै सिटीले ५ खेलमा ८ अंक जोडेको छ । सिटी तालिकाको ११ औं स्थानमा रहेको छ ।
वेस्ट ह्याम भने ६ खेलमा १० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।