एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज (शनिबार) डिजोनसँग प्रतिस्पर्धा गर्दैछ ।
पीएसजीले घरेलु मैदानमा डिजोनसँग खेल्न लागेको हो । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा पीएसजी सहज जितको खोजीमा हुनेछ । तुलनात्मक कमजोर टिम डिजोनलाई पराजित गरेमा पीएसजी शीर्ष स्थानमा समेत उक्लने छ ।
पीएसजी ७ खेलमा ५ जितसहित १५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । पीएसजी शीर्ष स्थानको लिल भन्दा २ अंकले पछि रहेको छ ।
डिजोनलाई पराजित गरेमा पीएसजी शीर्ष स्थानमा उक्लनेछ ।
तर, पीएसजीलाई जित निकाल्न सहज भने हुने छैन । किनकी डिजोन लिगमा पहिलो जितको खोजीमा हुनेछ ।
पुछारमा रहेको डिजोनले ७ खेलमा २ अंक जोडेको छ । पीएसजीलाई हराएर डिजोन पहिलो जित निकाल्न चाहन्छ ।
लिग वान अन्तर्गत नै अर्को खेलमा मार्सेलीले लोरिएन्टसँग खेल्नेछ ।