एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुँदैछ ।
साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ ।
बायर्न घरेलु मैदानमा सहज जित निकाल्न चाहन्छ ।
दोस्रो स्थानको बायर्नले ४ खेलमा ९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानको आरबी लाइपजिग भन्दा १ अंकले पछि रहेको छ ।
लिग लिडर लाइपजिगको १० अंक रहेको छ । लाइपजिगले शनिबार नै हेर्था बर्लिनसँग खेल्नेछ ।
उपाधि दाबेदार अर्को क्लब बोरुसिया डर्टमण्डले साल्केसँग घरेलु मैदानमा खेल्नेछ ।
डर्टमण्ड साल्केमाथि सहज जितको खोजीमा रहेको छ ।
लिगको तेस्रो स्थानमा रहेको डर्टमण्डले ९ अंक जोडेको छ ।
यस्तै बोरुसिया मन्छेनग्लाडबाखले माइन्जसँग खेल्दा युनियन बर्लिनले फ्राइबर्गसँग खेल्नेछ ।