एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आज (शनिबार) सेफिल्ड युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा सेफिल्डसँग खेल्नेछ । लिभरपुल र सेफिल्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा लिभरपुल सहज जितको खोजीमा हुनेछ । लिभरपुलले यस सिजन ५ खेलमा ३ जितसहित १० अंक जोडेको छ ।
लिभरपुल चौंथो स्थानमा रहेको छ । सेफिल्डलाई हराएर लिभरपुल शीर्ष स्थानमा उक्लने छ ।
सेफिल्ड भने पहिलो जितको खोजीमा हुनेछ । सेफिल्डले ५ खेलमा १ अंक जोडेको छ । सेफिल्ड पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यस्तै म्यानचेस्टर सिटीले वेस्ट ह्यामसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल ५:१५ बजे सुरु हुनेछ ।
सिटी वेस्ट ह्यामलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
यस सिजन सिटी ४ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
वेस्ट ह्याम ५ खेलमा ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा फुलहमले क्रिस्टल प्यालेससँग खेल्नेछ ।