एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डर इम्री च्यानलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
डर्टमण्डले शुक्रबार च्यानलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि उनी क्वारेन्टिनमा बसेको डर्टमण्डले जनाएको छ । उनलाई कोरोनाको कुनै पनि लक्षण भने नरहेको जनाएको छ ।
अन्य खेलाडी र स्टाफको कोरोना रिपोर्ट भने नेगेटिभ आएको क्लबले जनाएको छ ।
कोरोना देखिएपछि च्यानले बुन्डेसलिगा अन्तर्गत साल्केसँगको खेल गुमाउने भएका छन् ।
डर्टमण्डले शनिबार घरेलु मैदानमा साल्केसँग खेल्दैछ ।
गत सिजन लोनमा खेलेका च्यानलाई यस सिजन डर्टमण्डले युभेन्ट्सबाट स्थायी अनुबन्ध गरेको हो ।
जर्मन मिडफिल्डर च्यानले यस सिजन डर्टमण्डका लागि ८ खेल खेलिसकेका छन् ।