एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई बर्खास्तको तयारी गरेको छ ।
पछिल्लो समय क्लबले खराब नतिजा आत्मसात गरिरहेपछि रियलले जिदानलाई बर्खास्तको तयारी गरेको स्पेनिस आउटलेट एएसले जनाएको छ ।
ला लिगा च्याम्पियन रियलले पछिल्लो दुई खेलमा लगातार हार व्यहोरेको छ ।
ला लिगामा नवप्रवेशी काडिजसँग पराजित हुँदा च्याम्पियन्स लिगमा रियल शाख्तरसँग पराजित भएको थियो ।
जिदानको लागि अबको केहि खेल महत्वपूर्ण हुने बताईएको छ । आउने खेलमा समेत सुधार नभए जिदान बर्खास्तमा पर्ने छन् ।
अब रियलले एल क्लासिकोमा बार्सिलोनासँग खेल्दैछ । यस्तै च्याम्पियन्स लिगमा बोरुसिया मुन्छेनग्लाडबाखसँग खेल्नेछ ।
रियलले जिदानको स्थानमा माउरिसियो पोचेटिनो र राउल मध्ये एकलाई जिम्मेवारी दिन सक्ने बताईएको छ ।