एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) एस्टन भिल्लाले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
एस्टनले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । एस्टन र लिड्सबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
भिल्ला पार्कमा घरेलु टिम अपराजित यात्रा कायम राख्ने योजनासहित मैदान उत्रने छ ।
एस्टन यस सिजन अपराजित रहेको छ । एस्टनले ४ खेलमा ४ जित निकाल्दै शतप्रतिशत नतिजा आत्मसात गरेको छ ।
त्यसैले लिड्सविरुद्ध मैदान उत्रदा एस्टन जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
एस्टनले ४ खेलमा १२ अंक जोडेको छ । एस्टन तालिकाको दोस्रो स्थानमा रहेको छ ।
लिड्सलाई पराजित गर्न सके एस्टन शीर्ष स्थानमा उक्लने छ ।
एस्टनसँग अनुभवी खेलाडी रोस बार्क्ली, ज्याक ग्रेअलिस, ओली वाट्किन्स जस्ता खेलाडीको साथ रहेको छ ।
तर, बलियो टिम लिड्सविरुद्ध जित निकाल्न एस्टनलाई सहज भने हुने छैन ।
लिड्सले समेत यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
लिड्स एस्टनलाई हराएर सिजनको तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
यस सिजन ५ खेलमा ७ अंक जोडेको लिड्स दशौँ स्थानमा रहेको छ ।
लिड्सलाई प्याट्रिक बामफोर्ड, रोड्रिगो जस्ता खेलाडीको साथ रहनेछ ।