एजेन्सी । फ्रान्सका पूर्व गोलकिपर ब्रुनो मार्टिनीको निधन भएको छ ।
फ्रान्सको पूर्व गोलकिपर प्रशिक्षक समेत रहेका ब्रुनोको कार्डिक एरेस्टको कारण ५८ वर्षको उमेरमा निधन भएको हो ।
फ्रेन्च फुटबल फेडेरेसनले लिजेण्ड गोलकिपर ब्रुनोको निधन भएको पुष्टि गरेको छ ।
गोलकिपर ब्रुनोले फ्रान्सका लागि ३१ खेल खेलेका थिए ।
यस्तै उनले सन् १९९९ देखि २०१० सम्म फ्रान्सको गोलकिपर प्रशिक्षकको रुपमा रहेर काम गरेका थिए ।
ब्रुनोले फ्रेन्च क्लब मोन्टपिलरका लागि १ सय १३ खेल खेलेका थिए ।