एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (मंगलबार) इंग्लिस क्लब चेल्सीले र स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले सेभियासँग घरेलु मैदानमा खेल्नेछ । समूह 'इ' मा रहेको चेल्सी र सेभियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, स्पेनिस क्लबविरुद्ध जित निकाल्न चेल्सीलाई सहज भने हुने छैन ।
चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले सेभियाविरुद्ध सजग भएर खेल्ने बताएका छन् ।
सेभिया पनि चेल्सीलाई उसैको मैदानमा हराएर सुखद सुरुवात गर्न चाहन्छ । युरोपा लिग विजेता सेभिया चेल्सीका लागि बलियो प्रतिद्वन्दी समेत हो ।
चेल्सी र सेभिया एक अर्काविरुद्ध अहिलेसम्म खेलेका छैनन् । युरोपियन क्लब फुटबलमा दुवै टिम पहिलो पटक खेल्न लागेका हुन् ।
यसै समूहको अर्को खेलमा रेनस र क्रासनोडरबीच खेल हुनेछ ।