एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (मंगलबार) इटालियन क्लब युभेन्ट्स र युक्रेनी क्लब डाइनामो किभबीच प्रतिस्पर्धा हुँदैछ ।
सिरी 'ए' च्याम्पियन युभेन्ट्सले किभसँग उसैको मैदानमा खेल्नेछ । समूह 'जी' मा रहेको युभेन्ट्स र किभबीचको खेल नेपाली समय अनुसार १०:४० बजे सुरु हुनेछ ।
किभको मैदानमा युभेन्ट्स जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टिमविरुद्ध युभेन्ट्सलाई जित निकाल्न सहज भने हुने छैन ।
घरेलु टिम समेत युभेन्ट्सलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।
यस्तै युभेन्ट्स स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रने छन् ।
कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा बसेका छन् । जसको कारण रोनाल्डोले किभविरुद्धको खेल गुमाउने भएका हुन् ।
नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो । रोनाल्डोले सिरी ए अन्तर्गत क्रोटोनसँगको खेल समेत गुमाएका थिए ।
युभेन्ट्सले किभविरुद्ध खेल्ने १९ सदस्सीय टिममा मात्र दुई फरवार्ड पाउल डिबला र अल्भारो मोराटालाई राखेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'एफ' को बोरुसिया डर्टमण्डले लाजियोसँग खेल्नेछ ।
जर्मन क्लब डर्टमण्डले इटालियन क्लबसँग उसैको मैदानमा खेल्नेछ ।
यसै समूहको अर्को खेलमा जेनित र क्लब ब्रुगबीच खेल हुनेछ ।