एजेन्सी । जापानका पूर्व मिडफिल्डर केइसुके होण्डाले स्थापना गरेको क्लबको नाम परिवर्तन भएको छ ।
इटालियन क्लब एसी मिलानका स्टार होण्डाले स्थापना गरेको एमेच्योर क्लब वन टोकियोको नाम परिवर्तन भएको हो ।
समर्थकको मतको आधारमा क्लबको नयाँ नाम दिईएको हो ।
अब क्लबको नाम इडो अल युनाईटेड रहने छ ।
ब्राजिलियन क्लब बोटाफोगोबाट खेलिरहेका होण्डाले गत जनवरीमा क्लब स्थापना गरेका थिए ।
होण्डाले जापानको लागि ९८ खेल खेल्दै ३७ गोल गरेका छन् ।
उनले सन् २०१८ मा रुसमा भएको विश्वकपपछि सन्यास घोषणा गरेका थिए ।
