एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ह्यामले डिफेन्डर क्रेग डसनलाई लोनमा अनुबन्धित गरेको छ ।
वेस्ट ह्यामले च्याम्पियनसिप क्लब वाट्फोर्डबाट डिफेन्डरलाई लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका डिफेन्डर डसनलाई वेस्ट ह्यामले एक सिजनका लागि अनुबन्ध गरेको हो ।
३० वर्षीय डिफेन्डरलाई आगामी सिजन वेस्ट ह्यामले स्थायी खेलाडीको रुपमा अनुबन्धको तयारी समेत गरेको छ ।

गत सिजन डसनले वाट्फोर्डका लागि २९ प्रिमियर लिग खेल खेलेका थिए ।
तर, वाट्फोर्ड रेलिगेसनमा परेको थियो ।
डिफेन्डर डसन वेस्ट ब्रुमबाट सन् २०१९ मा वाट्फोर्ड आएका थिए ।
डसनले आइतबार टोटेनहमविरुद्धको खेलबाट डेब्यु गर्ने बताईएको छ ।