एजेन्सी । यूईएफए नेसन्स लिगमा वेल्सले बुल्गेरियालाई हराएको छ ।
बुधबार राति वेल्सले बुल्गेरियालाई १–० गोल अन्तरले हराएको हो ।
वेल्सको जितमा खेलको अन्तिम समयमा जोनी विलियम्सले गोल गरे ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८५ औं मिनेटमा गोल गर्दै वेल्सलाई जित दिलाए ।
बुल्गेरियामाथि प्राप्त जितले वेल्सलाई तालिकाको शीर्ष स्थानमा राखेको छ ।

ग्यारेथ बेल र आरोन राम्सी चोटका कारण वेल्सको टिममा समावेश थिएनन् । युवा खेलाडीले भरिएको वेल्सले सुधारिएको प्रर्दशन गरेपनि गोलका लागि अन्तिम समयसम्म प्रतिक्षा गर्न पर्यो ।
जित सहित वेल्स समूहको शीर्ष स्थानमा रह्यो । बुल्गेरिया १ अंक बटुल्दै तालिकाको पुछारमा छ ।
सोही समूहको अर्को खेलमा फिनल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले हरायो ।
फिनल्याण्डको जितमा फ्रेड्रिक जेन्सेनले विजयी गोल गरेका थिए ।

फिनल्याण्ड ९ अंक सहित समूहको दोस्रो र रिपब्लिक अफ आयरल्याण्ड २ अंक सहित तेस्रो स्थानमा छ ।