एजेन्सी । इटालियन क्लब इन्टर मिलानका डिफेन्डर एस्ले योङलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिरी 'ए' क्लब इन्टरले योङलाई कोरोना संक्रमण देखिएको पुस्टि गरेको छ ।
इन्टरले शनिबार गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको जनाएको छ ।
योङ कोरोना देखिनु अघिबाटै घरमा सेल्फ आईसोलेसनमा रहेको समेत इन्टरले जनाएको छ ।
३५ वर्षीय योङ कोरोना देखिने इन्टरका चौंथो खेलाडी हुन् ।
यस अघि मिडफिल्डर रोबर्टो गाग्लियार्दिनी र राड्जा नाइनगोलानलाई कोरोना देखिएको थियो ।
यस्तै गोलकिपर आन्द्रेइ राडुलाई समेत कोरोना देखिएको इन्टरले जनाएको छ ।