भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक
बुधबार, २१ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। भुटानमाथि एकपक्षीय जित निकाल्दै भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।
पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा भारतले ८–० को जित निकालेको हो।
साबिक विजेता बंगलादेश यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले भुटानलाई १२–० र भारतलाई २–० ले हराएको थियो।
भारतको भने तीन खेलबाट ६ अंक छ। गोलअन्तरले भारत दोस्रो स्थानमा छ। भारतले नेपाललाई १–० ले हराएको थियो। अब नेपाललाई फाइनलमा आफ्नो स्थान पक्का गर्न बुधबार नै हुने अन्तिम खेलमा बंगलादेशलाई कम्तीमा ८ गोलको अन्तरले हराउनुपर्ने छ।














