एजेन्सी । बेल्जियमका प्लेमेकर केभिन डी ब्रुयनेले इङ्ल्याण्ड युरोकप र विश्वकपको बलियो दाबेदार टोली रहेको बताएका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीका मिडफिल्डर ब्रुयनेले अर्को वर्षको युरोकप र सन् २०२२ मा हुने विश्वकपको इङ्ल्याण्ड सबैभन्दा बलियो दाबेदार भएको बताए ।
सिटीका प्लेमेकर ब्रुयनेको टिम बेल्जियमले आइतबार राति नेसन्स लिग फुटबलमा वेम्वलीमा इङ्ल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
दुवै टिम दुई वर्षअघि रुसी विश्वकपको सेमिफाइनलमा पुगेका थिए ।
‘मलाई लाग्छ, उनीहरु निकै उत्साहीत छन् । इङ्ल्याण्डका बारेका ब्रुयनेले भने, ‘यो धेरै युवाहरुको क्षमतावान टिम हो ।’
इङ्ल्याण्ड सन् १९६६ को विश्वपछि पहिलो सिनियर मुख्य उपाधिको खोजीमा रहेको छ । प्रिमियर लिगको गत सिजनको वर्ष खेलाडी बनेको ब्रुयनेले भने, ‘मलाई लाग्छ, अर्को युरोकप र विश्वकपलाई उनीहरुले लक्ष्य बनाएका छन् । मलाई लाग्छ, त्यसका लागि उनीहरुसंग क्षमता छ ।’
‘त्यहाँ धेरै टिमहरु हुनेछन्, जो जित्न चाहन्छन् । मलाई लाग्छ उनीहरुसंग टोली छ, खेलाडीहरु जो शीर्ष क्लबमा खेल्छन्, तिनीहरुले त्यसो गर्न सक्छन् ।’ उनले भने ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज समेत इङ्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटसंग प्रभावकारी टिम रहेको मान्छन् ।
‘उनका खेलाडी राम्रा छन् । व्यक्तिगत रुपमा विश्वका सर्वोकृष्ट छन् । जब उनीहरुले उपाधि जित्छन् वा ठुला प्रतियोगितामा नतिजा हात पार्छन् भने मात्र अर्थ राख्छ ।’ मार्टिनेज भन्छन् ।