स्टोक्सले आईपीएलको बाँकी खेल खेल्ने !
शनिबार, १७ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका स्टार अलराउण्डर बेन स्टोक्सले युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने भएका छन् ।
राजस्थान रोयल्सका अलराउण्डर स्टोक्स आईपीएलका लागि आइतबार युएई पुग्ने भएका छन् ।
स्टोक्स झन्डै डेढ महिना यता पारिवारिक कारण न्युजिल्याण्डमा रहेका थिए । तर, आईपीएलका बाँकी खेलका लागि स्टोक्स युएई पुग्ने भएका छन् ।
आईपीएलको प्रोटोकल अनुसार दुबई पुगेपछि स्टोक्स ६ दिनको क्वारेन्टिनमा बस्ने छन् । क्वारेन्टिनमा रहदा उनको तीन पटक कोरोना परिक्षण हुनेछ । कोरोना नेगेटिभ आएपछि उनी टिममा सामेल हुने छन् ।
स्टोक्स गत अगस्टमा पाकिस्तानविरुद्धको टेष्ट सिरिज चलिरहदा न्युजिल्याण्ड गएका थिए । आफ्नो पितालाई 'ब्रेन क्यान्सर' भएपछी स्टोक्स न्युजिल्याण्ड आएका हुन् ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)