एजेन्सी । प्रिमियर लिग क्लब ब्राइटनले स्विजरल्याण्डका फरवार्ड एन्डी जेकिरीलाई अनुबन्धित गरेको छ ।
ब्राइटनले फरवार्ड एन्डीलाई स्विस सुपर लिग क्लब लउसानेबाट अनुबन्धित गरेको हो ।
२१ वर्षीय फरवार्डले ब्राइटनसँग चार वर्षको सम्झौता गरेका छन् ।
स्विस सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि एन्डीलाई ब्राइटनले अनुबन्ध गरेको हो ।
एन्डी ब्राइटनमा सन् २०२४ सम्म रहने छन् ।
गत सिजन एन्डीले ३७ खेलमा २२ गोल गरेका थिए ।
एन्डीले स्विजरल्याण्डका लागि यू-१६ देखि यू-२१ को टिमबाट खेलिसकेका छन् ।