जेनोआका १४ खेलाडीलाई कोरोना
२०२० सेप्टेम्बर २९, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' क्लब जेनोआका खेलाडी र स्टाफ गरी १४ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिरी 'ए' अन्तर्गत नापोलीसँगको खेलपछि गरिएको परिक्षणमा फस्ट टिमका खेलाडीसहित १४ जनामा कोरोना देखिएको हो ।
कोरोना पोजेटिभ देखिने मध्ये ८ देखि १० खेलाडीले नापोलीसँग खेलेको बताईएको छ । आइतबार भएको उक्त खेलमा नापोलीले ६-० को जित निकालेको थियो ।
जेनोआले समेत १४ खेलाडीमा कोरोना देखिएको पुस्टि गरेको छ ।
जेनोआले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखेको छ ।